कंगोमा इस्लामिक अतिवादी समुहको आक्रमणमा परी २२ जनाको मृत्यु

0

३०, मंसिर, 

कंगोमा इस्लामिक अतिवादी समुहको आक्रमणमा परी २२ जनाको मृत्यु भएको छ । सुरक्षा फौजले जवाफी कारवाही नगर्दा समेत सशस्त्र समुहले सर्वसाधारणको हत्या गरेको कंगो सरकारले दाबी गरेको छ । बाबोआ र तोम्बी गाउँमा सर्वसाधारणको २२ जनाको शव फेला परेको समाचार संस्था रोयर्टसले उल्लेख गरेको छ । आफुहरुलाई सुरक्षा दिन नसकोको भन्दै स्थानीयले सरकार र राष्ट्रसंघीय शान्ति सेना विरुद्ध प्रदर्शन गरेका छन् । ईबोलाको संक्रमण रोक्न आयोजना गरीएका कार्यक्रम समेत हिंसाका कारण प्रभावित भएका छन् । कंगोमा सरकारी सेना र अतिवादी समूहवीच गत अक्टोवरमा भएको मुठभेडमा सर्वसाधारणलाई ढालका रुपमा प्रयोग गर्दा १ सय ७९ जनाको मृत्यु भएको थियो ।

Share.

Leave A Reply