गढीमाइ मेला नबित्दै बरियार र आसपासका गाँउमा भाइरल रोगको प्रकोप देखा पर्न थाल्या

0

३०, मंसिर बाराको बरियारपुरमा लागेको पञ्चबर्षीय गढीमाइ मेला नबित्दै , बरियापुर र त्यस आसपासको गाँउमा भाइरल ज्वरोको प्रकोप देखा पर्न थालेको छ । विगत केही दिन देखि तराईमा चिसो बढेसंगै गढीमाइ मेलामा थुप्रिएको फोहोरका कारणले भाइरल ज्वरोको प्रकोप पनि देख पार्न थालेको हो । कलैया लगायत आसपासका क्षेत्रमा पनि रुघाखोकी र पखालाको प्रकोप बढेको छ । मेलामा भएको फोहोर , महाढीमाइ नगरपालिका र मेला समितिले व्यावस्थापन नगर्दा , बरियार क्षेत्रमा भाइरलजन्य रोगको प्रकोप बढेको हो । एउटै घरका ३÷४ जना सम्म भाइरल रोगले ग्रसित भएको कलैया उपमहानगरपालिका वडा नंबर ४ का स्थानीय सुनिल साहले बताउनुभयो । रुघाखोकी र पखालालाई खासै घातक रोगको रूपमा नलिएपनि यसले गर्दा विभिन्न किसिमका समस्या देखिने र झन् रोगको संक्रमण फैलिन सक्ने संभावना बढेको छ । कलैया अस्पतालमा केहि दिन यता रुघा खोकी , ज्वरो र झाडापखालाको उपचार गराउन आउने बिरामीहरुको संख्या बढेको अस्पतालका स्वास्थ्यकर्मीहरुले बताएका छन् । गढीमाई क्षेत्रमा फैलिएको फोहरकै कारण तथा बलि दिएर फालिएको सिनोले धेरै रोगको संक्रमण फैलिन सक्ने संभावना रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । गढीमाई आपपासको क्षेत्रमा मेला अवधी भरी भएको फोहरहरु अहिले पनि सकंलन गरेर सरसफाई गर्ने काम नभएको स्थानीयले बताएका छन् । दिनहु स्थानिय स्वास्थ्य चौकी , कलैया अस्पताल र वीरगन्जका निजि किलिनिकहरुमा पनि बरियारपुर आसपासको क्षेत्रका वासिन्दा उपचारका आउने गरेको स्वास्थयकर्मीको भनाई छ । कलैया जिल्ला अस्पतालमा आउने विरामीहरुमा पनि सबै भन्दा बरियारपुर क्षेत्रकै विरामीहरु रहेको जिल्ला अस्पताल कलैयाले जनाएको छ । स्वास्थ्यमा बिभिन्न खाले रोगको संक्रमण देखिनु तथा स्थानिय स्तरमा रहेको स्वास्थ्य चौकीमा औषधीको अभाव हुँदा बरियापुर क्षेत्रका जनतालाई जिल्ला अस्पताल तथा निजि क्लिनिकमा धाउनु पर्ने बाध्यता पनि रहेको छ । समयमा ध्यान दिइएन भने अझै महामारी फैलिन सक्ने अवस्था त्यस क्षेत्रमा रहेको स्थानिय स्वास्थ्यकर्मीहरुको भनाई छ ।

Share.

Leave A Reply