गण्डक नहरको ३० वटा पुल उच्च जोखिममा

0

फाल्गुन ११ बीरगञ्ज
गण्डक नहरको सीमा क्षेत्र दशौता देखि रौतहट सम्मको सबै पुल अत्यन्त जोखिममा रहेको नारायणी सिंचाई डिभिजन कार्यालय वीरगंजले जनाएको छ । गण्डक नहरको ८१ किलोमिटरको दूरीभित्र ३० वटा पुल छ । जुन पुल कुनै बेला पनि भत्किन सक्ने अवस्थामा रहेको सिंचाइका इन्जिनियर सुरेश साहले जानकारी गराउनुभयो । सन् १९६८ सालमा निर्माण भएको सो पुल ५० वर्ष पूरा भइसकेको र पुलको अवस्था जीर्ण बनेको उहाले बताउनुभयो । नेपालको डिजाइन अनुसार कुनै पनि स्ट्रक्चर ५० वर्षको लागि निर्माण भएको बताईएको छ । नहरको पुल मात्र होइन, पुलको तल नहरको पानी बग्ने साइफन समेत निर्माण भएको छ । साइफनको बेसमा पूलको पाईप खडा गरी हलुका सवारी चलाउन आवत जावतको लागि उतm बेला पुल निर्माण भएको थियो तर अहिले उतm पुल भएर क्षमता भन्दा बढीका ट्रकहरू आवतजावत गरिरहेका छन् । पुल भत्किएपछि साइफन भत्किने र साइफन भत्किंदा पानी पनि नदीमा बग्ने भएकोले राज्य तथा कृषक ठूलो मर्कामा पर्ने साहले बताउनुभयो । अहिलेको मूल्याङ्कनको आधारमा एउटा साइफन बनाउन २५ करोड र समयावधि ३ वर्ष लाग्ने भएकोले राज्यको दुई आर्थिक वर्षको सम्पूर्ण रकम खर्चे पनि ती पुल निर्माण नहुने उहाँको भनाई छ ।उहाँले भन्नुभयो हामीले पटक–पटक सरोकारवालासँग पुलमा हलुका सवारी साधन बाहेक अन्य सवारी नचलाउन जानकारी गराए पनि मानेका छैनन् । वीरगंज महानगरपालिका–२५ जगरनाथपुरमा रहेको श्रीसिया नदीको गण्डक पुल पूर्णरूपले क्षतिग्रस्त भएको छ । खोला वरिपरि रहेका तीनवटा कारखानाका सवारीसाधन ओहोरदोहोर गर्नाले पुल भत्किने अवस्थामा पुगेको देखिन्छ । स्थानीय छठु साहका अनुसार गाडी चल्दा पुल हल्लिन्छ । ठूला गाडी आउँदा पुल भासिनेजस्तो गरी हल्लिएको साहले बताउनुभयो । गण्डक नहरको ८१ किलोमिटर भित्र ५० भन्दा बढी ससाना पुल रहेको र सो मध्ये ३० वटा पुल खोलासँग जोडिएर निर्माण भएको कारण अति जोखिममा रहेको छ । भारत सरकारको सहयोगमा निर्माण भएको गण्डक नहरका पुल मरम्मतको लागि सरकारसँग रकम माग गर्दा पनि निकासा नभएको दुःखेसो उहाँले पोख्नुभयो । पुल भत्कियो भने किसानको लागि समस्या हुने र वर्षेनी अर्बौको उत्पादन ¥हास हुने साहले बताउनुभयो । गण्डक नहर निर्माणको क्रममा बनाएको बाटो समेत अतिक्रमण भएको उहाँले बताउनुभयो । गण्डक नहरको मध्य बिन्दुदेखि दक्षिणतर्पm ९० फिट र उत्तरतर्पm ७५ फिट जग्गा अधिग्रहण गरी सो बेला सरकारले मुआब्जा दिएको इन्जिनियर साहले बताउनुभयो । तर नहरको उत्तरपट्टीको सम्पूर्ण जग्गा स्थानीयले अतिक्रमण गरेका छन् भने दक्षिणपट्टी आधा भन्दा बढी जग्गा अतिक्रमणमा परेको उहाँले बताउनुभयो । यस विषयमा पटक–पटक सरोकारवालालाई जानकारी गराए पनि बेवास्ता भएको उहाँको कथन थियो । पुल बचाउन हेभी गाडी प्रवेश निषेधको बोर्ड झुन्ड्याए पनि जिल्ला समन्वय समितिका ठेकेदारले बोर्ड हटाएर फ्याँकेको र उतm सडकमा चल्ने सवारी कर जिल्ला समन्वय समितिले उठाउने गरेको कर्मचारीले जनाएका छन् ।

Share.

Leave A Reply