चितवनको लोथरमा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु , तीन जना घाइते

0

३०, मंसिर, 

चितवनको राप्ती नगरपालिका–१ लोथरमा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चनको रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ८७४३ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउदै गरेको ना ६ ख ७९६७ नम्बरको ट्रक लोथरमा आज बिहान ठोक्किँदा चार जना घाइते भएका थिए । घाइतेमध्ये ना ५ ख ८७४३ नम्बरको ट्रकका चालक लोप्चनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज विहान साढे ८ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो । दुर्घटनामा घाइते भएका ना ६ ख ७९६७ नम्बरको ट्रकका चालक झापाको कन्काइ नगरपालिका–१ का ४० वर्षीय अर्जुन जोगी, त्यही ट्रकका सहचालक मोरङका २० वर्षीय प्रज्ज्वल देवान र ना ५ ख ८७४३ नम्बरको ट्रकका सहचालक मकवानपुरको बाग्मती गाँउपालिका–१ का २० वर्षीय सोमबहादुर थिङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

Share.

Leave A Reply