पर्साको जिराभवानी गाउँपालिकामा चिसोले कठांग्रिएर दुईजनाको ज्यान गयो

0

पुस २६ बीरगञ्ज
पर्साको जिराभवानी गाउँ पालिकामा आज चिसोले कठांग्रिएर दुईजनाको ज्यान गएको छ । ज्यान जानेमा जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेवपट्टी पकडी टोलाका स्थानीय कमल खवास थारु रहेको प्रहरीले जनाएको छ । राति खाना खाएर सुतेका खवास विहान ओछ्यानमा मृत अवस्थामा फेला परेको आफन्तले जनाएका छन् । त्यस्तै चिसोले कठांग्रिएर सोही वडाका शम्भु महरा चमारको पनि ज्यान गएको छ । बिहान काम गर्दै गर्दा एक्कासी ढलेर रगत छादेपछि उनको ज्यान गएको प्रहरीले जनाएको छ । यो सँगै पर्सामा चिसोले मर्नेको संख्या ३ पुगेको छ । हिजो वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका ४० वर्षिय मन्जु मण्डल धानुकको चिसोले कठयाङिग्रएर मृृत्यु भएको थियो ।

Share.

Leave A Reply