प्रदेश नम्बर २ को राजधानी वीरगन्जलाई बनाउनुपन भन्दै वीरगन्जमा रिले अनशन

0

पुस २१ बीरगञ्ज
प्रदेश नम्बर २ को प्रादेशिक राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै वीरगन्जमा शुक्रबार देखि रिले अनशन शुरु भएको छ । वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाइमा घण्टाघर चोकमा शुक्रबार बिहान ११ बजे देखि रिले अनशन शुरु भएको हो । शुक्रबार पहिलो दिनको रिले अनशनमा नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य एंव पुर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी , नेकपा एमालेका नेताहरु बसरुद्धिन अन्सारी , शम्भु गुप्ता , नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंह ,युवा अगुवा ओम प्रकाश सर्राफ , वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाइ , नेकपा माओवादी केन्द्रकी नेतृ दुर्गा क्षेत्री, रुदल ठाकुर , सन्जय सर्राफ , महमुद अन्सारी , बृजेश्वर चौधरी र एमाले नेतृ रन्जु दाहाल गरि १२ जना बसेका छन् । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले उनिहरुलाइ माला लगाएर रिल अनशनको शुभारम्भ गर्नु भएको हो ।यसैबिच वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एंव काँग्रेसका तर्फबाट प्रदेशसभा सदस्यमा सिफारिस ओम प्रकाश शर्माले शुक्रबार दिउँसो अनशन स्थलमा पुगेर प्रादेशीक राजधानीका लागि वीरगन्जमा भइरहेको आन्दोलन प्रति ऐक्यबद्धता जनाउनु भएको छ ।
यसैबिच वीरगन्जलाइ प्रादेशिक राजधानी बनाउन माग गर्दै पर्साको ग्रामीण भेगमा पनि शुक्रबार देखि प्रदर्शन शुरु भएको छ । पर्साको जगरनाथपुर गाँउपालिकामा आज नवनिर्वाचित जनप्रतिनिधीका साथै नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमालेका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।जगरनाथपुर गाँउपालिका कार्यालय अगाडि गाँउपालिका प्रमुख समेत रहेका माओवादी केन्द्रका नेता जालीम मियाको अगुवाइमा टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा जगरनाथपुर गाँउपालिकाका सबै ६ वटा वडाका वडा अध्यक्षहरुको पनि सहभागीता रहेको थियो । प्रदर्शन कार्यक्रम पछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै जगरनाथपुर गाँउ पालिकाका प्रमुख जालीम मियाले सरकारले प्रदेश नम्बर २ को प्रादेशीक राजधानी वीरगन्जलाइ नबनाएको खण्डमा पर्सा , बारा र रौतहटका सबै जनता सरकारका विरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिनु भयो । उहाले मुलुकमा भएका हरेक परिवर्तनकारी आन्दोलनको केन्द्र वीरगन्ज नै भएको र राजधानीका लागि अरु कुनै विकल्प नभएकाले वीरगन्जलाइ नै राजधानी बनाउनु पर्ने बताउनु भयो ।

Share.

Leave A Reply