प्रदेश २ का सुरक्षा निकायका प्रमुखहरुको टोलीले हिजो दिउँसो स्थलगत निरिक्षण

0

कोरोना संक्रमीत भारतीय भेटिएका वीरगन्जको छपकैया र त्यस आसपासको क्षेत्रको प्रदेश २ का सुरक्षा निकायका प्रमुखहरुको टोलीले हिजो दिउँसो स्थलगत निरिक्षण गरेको छ । नेपाल प्रहरीका डिआइजी प्रधुमन कार्की, सशस्त्र प्रहरीका डिआइजी राजु अर्याल, नेपाली सेनाका जर्नेल अनुपजंग राणा सहितको टोलीले हिजो स्थानीय प्रशासनले सिल गरेको वीरगन्ज २ छपकैया, त्यस आसपासको क्षेत्र र छपकैयासंग सीमा जोडिएको भारतीय नाका क्षेत्रको हिजो स्थलगत निरिक्षण गरेको हो । टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी लगायतको पनि सहभागीता रहेको थियो ।

Share.

Leave A Reply