प्रसौनी भाठाका प्रहरी ईन्चार्जलाई १२ घण्टे स्पष्टिकरण

0

२३,माघ प्रसौनी भाठा, विन्दु,
पर्साको सिमावर्ती नाका प्रसौनी भाठाका प्रहरी ईन्चार्जलाई तस्करीको लाईन दिएको आरोपमा १२ घण्टे स्पष्टिकरण सोधिएको छ । प्रहरी चौकी ईन्चार्ज प्रहरी नायब निरीक्षक विनोद राणा मगरलाई जिल्ला प्रहरी कार्यालय पर्साले तस्करसंगको साठगाठको आरोपमा स्पष्टिकरण सोधेको प्रहरी नायब उपरिक्षक अन्नतराम शर्माले जानकारी दिनुभयो । प्रहरी नायब निरीक्षक राणाले सिमावर्ती भारतीय बजार भेलाहीबाट विभिन्न सामान खरिद गरि प्रसौनीभाठा नाका भएर भित्रिने गरेको आरोप खेप्दै आएका थिए । गत हप्तामा मात्र तस्करहरुले भारी परिमाणमा भारतीय बोईलर कुखुरा प्रसौनी भाठा नाका भएर दिनमै नेपाल भित्रयाएको भन्दै उक्त भारतीय कुखुरा , कुखुरा व्यवसायी संघ पर्साले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका थिए । कुखुरा व्यवसायी संघले भारतीय कुखुरा अबैध रुपमा प्रसौनी भाठा नाका भएर जिल्लामा भित्रिदा आफुहरु मर्कामा परेको गुनासो जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रेवती ढकाल समक्ष गर्दा राणालाई स्पष्टिकरण सोधिएको बुझिएको छ । राणाले चित बुझदो जवाफ नदिए विशेष कारवाही प्रक्रिया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । केराउ र मरिच तस्करीको मुख्य ग्रामिण नाका प्रसौनी भाठा बनेको आरोप लागेपछि तत्कालिन प्रहरी सहायक निरीक्षक जनमन्जय यादवलाई जिल्ला प्रहरी कार्यालय पर्सामा तानेर तस्करी नियन्त्रण गर्न प्रहरी नायब निरीक्षक राणाको कमाण्डमा उक्त चौकीमा प्रहरी पठाईएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले महानगर क्षेत्रमा तस्करीमा कडाई गरेपछि जिल्लाका नामुद तस्करहरु ग्रामिण क्षेत्रका प्रहरी ईन्चार्जहरुको मिलोमतोमा केराउ , मरिच ,लताकपडा लगायतका तस्करी गर्दै आएका छन । पर्साको ग्रामिण क्षेत्रबाट व्यापक तस्करी हुन थालेपछि जिल्ला प्रहरी कार्यालय पर्साले मातहतका प्रहरी ईन्चार्ज र प्रहरीहरुलाइ धमाधम कारवाही अभियान शुरु नै गरेको छ । आर्थिक बर्ष २०७४÷०७५ को असारदेखि पुस मसान्तसम्म जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न आरोपमा २९ जना प्रहरीलाई कारवाही गरेको छ भने तस्करसंग रकम लिएको बुडगाई प्रहरी चौकीका तत्कालिन कार्यरत प्रहरी सहायक निरीक्षक प्रमोद साहलाई ६ महिनाको लागि निलंम्बन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याकमा रहेको छ ।

Share.

Leave A Reply