प्रहरीद्धारा अबैध घरेलु मदिरा नियन्त्रणमा,लागु औषधसहित युवक पक्राउ

0

माघ ९ बीरगञ्ज
जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बारा अम्लेखगञ्जका १७ बर्षीय बुद्ध तामाङ रहेका छन ।प्रहरीले उनको साथबाट लागुऔषध १५ पिस नाईट्रोभेट टयाब्लेट बरामद गरेको छ ।बिरगञ्जको रजत जयन्ती चोकबाट तामाङलाई प्रहरीले चेकजााच गर्ने क्रममा  लागुऔषध नाईट्रोभेट टयाब्लेटसहित पक्राउ गरेको हो ।पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कर्यालय पर्साका प्रहरी प्रबक्ता राजन लिम्बुले जानकारी दिनुभयो ।

 

प्रहरीेद्धारा ८० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा

माघ ९ बीरगञ्ज पर्सा प्रहरीेले ८० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।प्रहरी चौकी परवानीपुरले बिरगञ्ज महनगरपालिका २१ परवानीपुरबाट उक्त परिमाणको मदिरा नियन्त्रणमा लिएको हो ।जितपुरबाट वीरगंज तर्फ आउदै गरेको ना६ख ९५२६ नंको लोकल बसकोे डिक्कीभिञ उक्त परिमाणको घरेलु मदिरा लुकाई छिपाई ल्याइ रहेको अवस्थामा चेकजाँच गर्ने क्रममा बरामद गरेको हो ।

Share.

Leave A Reply