प्रेस मन्च बाराद्धारा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान

0

पुस ४ बीरगञ्ज
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाराबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रेस मन्च बाराले मंगलबार कलैयामा स्वागत तथा सम्मान गरेको छ ।प्रेस मन्च नेपालले मधेशी गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई मात्र स्वागत र सम्मान गरेको हो ।कार्यक्रममा बारा क्षेत्र नंबर २ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव, ३ बाट निर्वाचित रामबाबु कुमार यादव र ४ बाट निर्वाचित एककबाल मियाँ तथा प्रदेशसभा सदस्यमा निर्वाचित सरोज कुमार यादव, सरदा शंकर कलवार, बच्चा राउत अहिर, पारस साह र जितेन्द्र सोनललाई प्रेस मञ्च नेपालका जिल्ला अध्यक्ष अनिल बर्मा र केन्द्रिय सदस्य प्रवेश चौधरीले अविर माला लगाउनुका साथै दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।यसैगरि जिल्ला समन्वय समिति बाराका सभापति नवल किशोर सिंहलाई पनि सम्मान गरिएको मञ्चले जनाएको छ । कार्यक्रममा सम्मानित जनप्रतिनिधिहरुले आफ्नो जीतलाई जनताको जीत भन्दै अधिकार र विकासको पूर्णता नै आफूहरूको उद्देश्य भएको बताएका थिए । कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष सन्तोष कुमार पटेलले निर्वा्चित जनप्रतिनिधिलाई शुभकामना दिँदै जनतालाई राजनीतिक अधिकारसँगै आर्थिक र सामाजिक विकासको प्रत्याभूति दिलाउन आग्रह गर्नु भयो ।

Share.

Leave A Reply