फरार अभियुतm पक्राउ

0


फाल्गुन ११ बीरगञ्ज
पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले गएराती एक जना अभियुतmलाई पक्राउ गरेको छ । गाँजा तस्करी गरेको अभियोगमा अदालतबाट जेल सजाय तोकिएपछि लामो समयदेखी फरार रहेका एक अभियुतmलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी रंगपुरका प्रहरी सहायक निरीक्षक सुरेन्द्र साह कलवारको नेतृत्वमा गएको प्रहरी टोलिले साविकको सोनवर्षा गाविस वडा नम्बर ७ बस्ने विगुल राउत अहिरलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेको अहिरलाई गाँजा तस्करीको अभियोगमा पर्सा जिल्ला अदालतले २०७१ सालमा दुई वर्ष कैद र १५ हजार जरिवाना तोकेको थियो । सजाय तोकिएको समयदेखी नै अहिर फरार भएका थिए । अहिरलाई गएराती नै जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याईएको प्रहरी चौकी रंगपुरले जनाएको छ । 

Share.

Leave A Reply