बाराको पथलैयामा साँगितिक कार्यक्रमबाट बचत रकमले अत्याधुनिक एम्बुलेन्स खरिद

0

३०, मंसिर, 

बाराको पथलैयामा रहेका युवाहरुको समूहले साँगितिक कार्यक्रम आयोजना गरी बचत गरेको रकमबाट अत्याधुनिक एम्बुलेन्स खरिद गरेको छ । श्रीकृष्ण जन्माष्टमी पर्बको अवसरमा २०७५ सालमा गरिएको साँगितिक कार्यक्रमबाट संकलित रकमले पथलैयाका युवाहरुले करिब साँढे १६ लाख मुल्यमा ‘ख’ वर्गको अत्याधुनिक एम्बुलेन्स खरिद गरेका हुन् । उक्त एम्बुलेन्सको , हिजो जीतपुर सीमरा उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर कृष्ण प्रसाद पौडेलले औपचारिक उद्घाटन गरी सेवा सूचारु गरिएको थियो । पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको संगम स्थलको रुपमा रहेको पथलैयाका युवाहरुले राजमार्गमा हुने दुर्घटनाका साथै स्थानीयलाई सहज सेवा दिने उदेश्य राखी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको पथलैया युवा समाजका अध्यक्ष सुरेशकुमार लामाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply