बारामा ट्रिपरको ठक्करबाट एक बालकाको  घटना स्थल मैं मृत्यु

0

पुस ११ बीरगञ्ज
बारामा आज अपरान्ह ट्रिपर गाडीले किचेर एक जना बालकाको घटना स्थल मैं मृत्यु भएको छ ।मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ इमलि पर्ती निवासी अरुण पासवानका छोरा अन्दाजी साँढे तीन वर्षीय गोलु पासवान रहेका छन् । इमलिपर्ती स्थित खेतबाट माटो ओसार्दै गरेको ना.३.ख नम्बरको ९२९७ नम्बरको ट्रिपरले किचेर गोलुको घटनास्थल मैं मृत्यु भएको हो ।ट्रिपर र चालकलाइ इलाका प्रहरी कार्यालय जीतपुरले नियन्त्रणमा लिएको छ ।

Share.

Leave A Reply