बिरगञ्जलाई राजधानी नतोकेको भन्दै बन्द अव्हान

0

माघ ४ बीरगञ्ज
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाइ तोक्ने सरकारी निर्णयको विरोधमा आज वीरुगन्ज बन्द गरिएको छ । वीरगन्जलाइ राजधानी बनाउन माग राख्दै तीन साता देखि निरन्तर आन्दोलन गर्दै आएको वीरगन्ज राजधानी संघर्ष समितिले आज वीरगन्ज बन्द गराएको हो । आन्दोलनकारीहरुले आज बिहानै देखि घण्टाघर , माइस्थान , मुर्ली लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका कारण वीरगन्जको मेन रोडका पसल , बजार बन्द छन् । यस्तै वीरगन्जबाट छुट्ने लामो तथा तथा छोटो दुरीका सार्वजनिक सवारी साधनका साथै टयाम्पु , इ रिक्सा तथा निजी साना चार पाङग्रे गाडीहरु पनि सन्चालनमा आउन सकेका छैनन् । यस्तै बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले घण्टाघर चोकमा बा १२ च ७३६५ नम्बरको निजी सुजुकी कार , ना ४ च ३०८१ नम्बरको टाटासुमो र ना १ ह ५४८० नम्बरको इ रिक्सामा तोडफोड गरेका छन् ।यस्तै आन्दोलनकारीहरुले वीरगन्ज महानगरपालिका कार्यालयमा पनि ढुङगा प्रहार गर्दा कार्यालयका केहि शीशाहरु फुटेको हाम्रा सहकर्मीले जनाएका छन् । वीरगन्जलाइ राजधानी बनाउन माग राख्दै पुष २१ गते देखि घण्टारघरमा हुदै आएको रिले अनशन आज १४ औं दिन पनि जारी छ । सरकारको निर्णय जनविरोधी रहेकाले तत्काल उक्त निर्णय सच्याउएर वीरगन्जलाइ राजधानी घोषणा नगरे सम्म आन्दोलन जारी नै रहने संघर्ष समितिका सहसंयोजक एंव पुर्वसांसद राज कुमार गुप्ताले बताउनु भयो । पर्साको जीराभवानी गाँउपालिका वडा नम्बर १ मा पनि आज सडकमा टायर बालेर प्रदर्शन गरिएको स्थानीय रुपेश यादवले जानकारी दिनु भयो ।
यस्तै सरकारले जनकपुरलाई अस्थायी मुकामन तोकेको विरोधमा बाराको विभिन्न स्थानमा पनि आज बिहान देखि प्रदर्शन भईरहेको छ । अस्थायी राजधानी जनकपुरलाइ बनाउने सरकारको निर्णय फिर्ता गर्दै वीरगन्जलाइ राजधानी घोषणा गर्न माग गर्दै बाराको परवानीपुर, नौतन गण्डक , चैनपुर र प्रसौनीमा पनि स्थानीयले आज बिहान देखि सडकमा टायर बालेर प्रदर्शन गरेको नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले जानकारी दिनु भयो । बन्दकर्ताहरुले कलैया वीरगन्ज सडक खण्ड र वीरगन्ज पथलैया सडकखण्डमा टायर बालेर विरोध प्रदर्शन गरेको उहाले बताउनु भयो । बाराको गण्डक चोकमा राजकिशोर गुप्ताको नेतृत्वमा र प्रसौनीमा प्रसौनी गाउँपालिकाका नागरिक समाजका अध्यक्ष विनोद पटेलको नेतृत्वमा प्रदर्शन भएको हो । प्रर्सौनीमा आज बिहान आठ बजेदेखि १० बजे सम्म दुईघण्टा बजार समेत बन्द गरिएको थियो ।
यसैबिच संघीय समाजवादी फोरम नेपाल पर्साले भने वीरगन्ज बन्दको कुनै अर्थ नरहेको बताएको छ । सरकारले अस्थायी मुकाम जनकपुर तोकेपछि हिजो साँझ वीरगन्जमा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेर विरोध पर्दशन गरेपनि आज वीरगन्जमा गरिएको बन्द हडतालको पक्षमा फोरम नेपाल नरहेको फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बन्द गरेर केही हुदैन, वीरगन्जवासीलाई सास्ती दिनुहुदैन, विगतका बन्द हड्तालले वीरगन्जवासी त्रसित भईसकेका छन् , त्यसैले बन्दको विकल्प खोज्नुपर्छ ।’ सरकारलाई असहयोग गर्ने आन्दोलन गर्नुपर्नेमा जोड दिदै कार्यवाहक अध्यक्ष कुर्मीले त्यसका लागि राजस्व नतिर्ने, नेपाल सरकारलाई प्रत्यक्ष असर पार्ने खालको भन्सार नाका लगायतका अन्य निकायमा बन्द गर्नुपर्ने बताउनुभयो ।

यस्तै प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारी निर्णय फिर्ताको माग गर्दै विभिन्न ठाउँमा आजपनि बिहानै बाट प्रदर्शन सुरु भएको छ । सरकारी निर्णयको स्वागत गर्दै जनकपुरधाम, बुटवल र सुर्खेतमा हिजै साँझ दिपावली गरिएपनि धनुकटा, दाङ, डोटी लगायत जिल्लामा भने प्रदर्शन चर्किएको हो । प्रदेश नम्बर १ को राजधानी माग गर्दै धनकुटामा जारी आन्दोलन हिंसात्मक बनेपछि आज बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकार भवन, सवारी साधन लगायत व्यक्तिगत सम्पत्तिमा समेत क्षति पुग्न थालेपछि स्थानीय प्रशासनले उत्तरमा लोकसेवा आयोगको क्षेत्रीय कार्यालय , दक्षिणमा जिरो पोइन्ट, पूर्वमा बिहीवारे हाट र पश्चिममा घुमाउने चौतारा भित्रको शहरी क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । यसअघि उपप्रशासक सेवन्त दाहाल कार्यालय भित्रै रहेका बेला प्रदर्शनकारीले पूर्वाञ्चल क्षेत्रीय प्रशासक कार्यालयमा पेट्रोल छर्किएर आगजनी गरेका थिए । बन्दको समयमा गाडी चलाएको भन्दै प्रदर्शनकारीले शहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा रहेको को १ ब १०६४ नम्बरको मोटरसाइकलमा आगजनी गर्नुका साथै मोरङबाट बिरामी लिन भोजपुर जाँदै गरेको को २ च ४३२ नम्बरको एम्बुलेन्समा तोडफोड गरेका छन् । एम्बुलेन्स चालक रञ्जीत गिरी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुले आज बिहान एसपी सुदिप राजभण्डारी सवार ना १ झ १३१४ नम्बरको गाडी र तीन वटा मोटरसाईकलमा तोडफोड गरेका थिए । भीमनारायण चोकमा प्रदर्शनकारीसँग बारम्बार झडप भएपछि स्थिति नियन्त्रणका लागि भन्दै प्रहरीले ५ सेल अश्रुग्याँस प्रहार गरेको छ । झडपमा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष दिनेश राईलाई गम्भीर चोट लागेको छ । त्यस्तै, सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी वुटवललाई तोकेपछि निर्णय फिर्ता गर्नुपर्ने माग राख्दै दाङमा बन्द आज पनि जारी छ । बन्दले बजारपसल ठप्प छन् भने दाङ भएर सञ्चालन हुने सवारी साधन समेत चल्न सकेका छैनन्

Share.

Leave A Reply