बीरगञ्ज राजधानी संघर्ष समितिद्धारा आन्दोलनका थप कार्यक्रम घोषणा जुलुस देखि बन्दसम्म

0

माघ ९ बीरगञ्ज
वीरगन्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित गत पुस २१ गते देखि वीरगन्जमा आन्दोलन गर्दै आएको बीरगञ्ज राजधानी संघर्ष समितिको बैठकले मंगलबार आन्दोलन समबन्धी बिभिन्न निर्णयहरु गरेको छ ।

बैठकले बीरगञ्ज को घण्टाघरमा जारी रिले अनसनलाई जारी ने राख्ने,मशाल जुलुस,बृहत आम सभादेखि लिएर बिरगञ्ज बन्द गर्ने सम्मको आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

बैठकले आगामी माघ १३ गते जुलुस प्रदर्शन,१९ गते बृहत आम सभा,२० गते मसाल जुलुस, त्यस्तै माघ २१ गते बिरगञ्ज बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु तय गरेको संघर्ष समितिका प्रबक्ता ओमप्रकाश सर्राफले जानकारी दिनुभयो ।साथै बैठकले बीरगञ्जलाई राजधानी बनाउन भईरहेको आन्दोलन कुनै दल बिशेषको नभएकोले यो आन्दोलनमा सबै पक्षहरुलाई सहभागी हुन पनि आग्रह गरेको छ ।यसैबीच वीरगन्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित गत माघ २१ गतेदेखि वीरगन्जको घण्टाघरमा शुरु भएको रिले अनसन मंगलबार १९ औ दिन पनि जारी रहेको छ ।

वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाईमा प्रदेश नम्बर २ को राजधानी बीरगञ्जलाई नै बनाउनुपर्ने दबाब सहित रिले अनसन शुरु भएको हो ।

 

रिले अनसनको १९ औ दिन बुधबार को रिले अन्सनमा बस्नेहरुमा बीरगञ्ज संघर्ष समितिका सहसंयोजक एवम पुर्ब सांसद एमाले नेता राजकुमार गुप्ता,समितिका प्रबक्ता एवम युवा नेता ओमप्रकाश सर्राफ,माओबादी केन्द्रकी नेतृ दुगाबर््क्षेत्री,शयाम पटेल,सिता पटेल लगायतका नेता कार्यकर्ताहरु रहेका छन ।वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित १९ दिनदेखि वीरगन्जको घण्टाघरमा अनशन जारी रहेको छ ।

गत पुस २१ गते शुक्रबार बिहान ११ बजेदेखि शुरु भएको रिले अनसनलाई वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले अनसनमा सहभागीहरुलाइ फुलमाला लगाएर शुभारम्भ गर्नु भएको थियो ।

बीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनका लागि शुरु गरिएको रिले अनसनमा बारा र पर्साका बिभिन्न संघ संस्थाहरुले एकबद्धता पनि जनाईसकेका छन ।बिरगञ्जलाई प्रादेशिक राजधानी नबनाएसम्म अनसन कार्यक्रम जारी रहने बिरगञ्ज राजधानी संघर्ष समितिले जनएको छ ।

Share.

Leave A Reply