भारतको बिहार राज्यमा मदिरा प्रयोग तथा बिक्रीवितरण प्रतिवन्ध लागेपछि मदिरा पिउन भारतीयहरुको पर्साको सीमा क्षेत्रमा

0

२३,माघ,बिरगंज, माधुरी । भारतको बिहार राज्यमा मदिरा प्रयोग तथा बिक्रीवितरण प्रतिवन्ध लागेपछि मदिरा पिउन भारतीयहरुको पर्साको सीमा क्षेत्रमा रहेका रक्सी भट्टीहरुमा दैनिक रुपमा विहानदेखी अबेर रातीसम्म भीडभाड हुने गरेको कारण उतm स्थान लगायत आसपासका वासिन्दा प्रभावित हुने गरेको गुनासो गरेका छन् । सीमावर्ती क्षेत्रमा खोलिएका मदिरा पसलका कारण चोरी, लुटपाट र अन्य आपराधिक घटना बढेपछि प्रदेश नम्बर दुईको सरकारले त्यसमा कडाई गर्ने निर्णय गर्दै गत जेठ महिनामा सिमा क्षेत्रमा खोलिएका मदिरा पसल बन्द गर्न निर्देशन दिएको भएपनि सीमावर्ती क्षेत्र र आसपास रहेको रक्सी भट्टीहरुमा अझ पनि भारतीय तथा नेपालीहरुको ओईरो लाग्ने गरेको पर्सा जानकीटोलाका रमेश रौनियारले बताउनुभयो । भारतसँग सीमा जोडिएका पर्साको ग्रामिण क्षेत्रमा मदिरा सेवन गर्न भारतीयको ओइरो लाग्ने गरेको कारण शान्ति सुरक्षामा समेत असर परेको स्थानीयवासीहरुले गुनासो गरेका छन् । रक्सी भट्टी बन्द हुनुको साटो दिनप्रती दिन रक्सी भट्टीको संख्यामा बृद्धि हुँदै गएको र यसले एकदमै नाकारात्मक असर परेको पर्सा पोखरीया पिपराविर्ताकी रिता देवीले बताउनुभयो । उहाँले नेपाल तथा भारत जहाँका मानिसहरुले पनि रक्सी सेवनपछि मात्तिने गरेको कारण बाटो हिड्न असुरक्षित महसुस हुने , विभिन्न अपशव्द सुन्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । भारतीयहरु घुमफिर तथा विभिन्न बाहानामा सिमा नाकाका पसलहरुमा मदिरा सेवनको लागि मात्रै आउने गरेको र मदिरा सेवनका लागि सिमा नाका आसपास रहेका होटलहरुमा समेत बास बस्ने गरेका छन् । विहारका ग्राहकलाई लक्षित गरेर सीमा क्षेत्रमा खोलिएका रक्सी पसल बन्द गर्न प्रदेश सरकारले सीमा नाकाबाट १ किलोमिटर भित्र रहेको रक्सी पसल हटाइने निर्णय गरेको महिनौ वित्दा पनि प्रभावकारी नदेखीएकोले यसको न्युनीकरणका लागि विशेष ध्यान दिन सिमा नाका आसपासका वासिन्दाले आग्रह गरेका छन् । सिमा नाकामा मदिरा नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण कार्यलाई तिब्रता दिइृएको र अनुमती बेगर खोलेका होटलहरु बन्द गराउने तर्फ लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भटट्राईले बताउनुभयो ।

Share.

Leave A Reply