लट्री परेको भनी ठगी गर्ने ३ जना पर्सा प्रहरीद्वारा सार्बजनिक

0

राम मण्डल फाल्गुन ११ बीरगञ्ज

लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोहका ३ जनालाई  पर्सा प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार पत्रकार सम्मेलन गरि लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोहका २ जना नेपाली र १ भारतीय नागरिकसहित ३ जनालाई पक्राउ गरि सार्बजनिक गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ का  २४ बर्षीय भिम बहादुर थापा, दैलेख जिल्ला गुरास गाउँपालिका बडा नम्बर ४ का २२ बर्षीय विष्णु सिजाली मगर र। भारत विहार पुर्वी चम्पारण मोतिहारी जिल्ला कुमरियाका २० बर्षीय असरफ अली रहेका छन । उनीहरुलाई प्रहरीले वीरगंज महानगरपालिका १५ स्थित न्यू बीरगंज मनि ट्रान्सफरबाट पक्राउ गरेको हो ।

बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरिक्षक ज्ञान कुमार महतोको नेतृत्वमा खटिएको प्रहरी टोली उनीह?लाई मनि ट्रान्सफरमा रकम झिकेर आपसमा कुराकानी गरिरहेको अवस्थामा पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक डा.गण्ेश रेग्मीले जानकारी दिनु भयो ।उनीहरुले सोझा साझा नेपाली ब्यक्तिहरुलाई फोन गरी तपाईले चलाएको भाइबर, फेसबुक, ट्विटर तथा सिम कार्ड मार्फत २५ लाख रुपैयाँ लट्री जित्नु भएको छ, भनी फोन तथा म्यासेज गरी प्रलोभनमा पारी सो लट्री बापतको कर नेपाल सरकारलाई जम्मा गरे पछि मात्र उक्त रकम तपाईको खातामा जम्मा हुने कुरा बताई आइएमई तथा विभिन्न बैंक मार्फत पैसा पठाउन लगाई ठगी गर्दै आएका थिए ।

प्रहरीले उनीहरुको साथबाट ठगी गर्ने कार्यमा प्रयोग गरिएको सिम सहितको मोबाइलहरु, स्रोत खुलाउन नसकेको नगद ३५ हजार,भारु ३ हजार २०,विष्णु सिजाली मगर र भिम बहादुर थापाको सक्कलै नागरिकता प्रमाणपत्र, लगायतका कागजातहरु बरामद गरेको पर्सा प्रहरीका प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक राजन लिम्बुले जानकारी दिनु भयो ।पर्सा प्रहरीले गत मंसिरमा पनि लट्री परेको भन्दै ६ जना पक्राउ गरेको थियो ।पक्राउ परेका तीनैजना बिरुद्ध ठगी तथा संगठित अपराध शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक डा.गणेश रेग्मीले जानकारि दिनु भयो ।

Share.

Leave A Reply