वीरगंजका मेयरको पहलमा मोतियाबिन्दुका १ हजार बिरामीको निःशुल्क शल्यक्रिया हुद

0

३०, मंसिर, 

वीरगंजमा अस्ति मंसिर २८ गते देखि पर्साका १ हजार मोतियाबिन्दु बिरामीहरुको निःशुल्क शल्यक्रिया शुरु भएको छ । वीरगंजको पानीटंकीमा रहेको माट्रिका आई फाउन्डेसन र वीरगंजका मेयर विजयकुमार सरावगीको मेयर कल्याणकारी कोषबाट संयुक्त रुपमा आयोजनामा वृहत मोतियाबिन्दु शल्यक्रिया शुरु भएको हो । यो शिविर पुस १ गतेसम्म चल्ने फाउन्डेसनका मेडिकल संयोजक महेशसिंह धामीले बताउनुभयो । यसअघि पर्साका विभिन्न स्थानीय तहमा मंसिर ३ गते देखि आज सम्म आँखा शिविर मार्फत मोतियाबिन्दु भएकाहरुको खोजी गरिएको थियो । शीवीरमा करिब ४ हजार ५ सय आँखाका बिरामीहरुको आँखा जाँच गरिएको जनाइएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ, वडा नम्बर २४ रामगढवा, वडा नम्बर २५ श्रीसिया, वडा नम्बर ३२ चोर्नी लगायत ७ वटा वडा तथा पर्सागढि नगरपाकिलाको केही वडा र बहुदरमाई नगरपालिकाको केही वडामा निस्शुल्क शिविर आयोजना गरी शल्यक्रियाको लागि बिरामी छनौट गरिएको धामीले जानकारी दिनुभयो । मोतियाबिन्दुको शल्यक्रियामा माट्रिका आई फाउन्डेसनको ६० प्रतिशत र मेयर कल्याणकारी कोषको ४० प्रतिशत सहयोग रहेको जनाइएको छ । शल्यक्रिया शीवीरमा आउनेहरुका लागि यातायात, बस्ने, खाना, रगत परिक्षण तथा शल्यक्रियाको खर्च समेत निःशुल्क रुपमा उपलब्ध गराइएको छ । ६० वर्ष माथिका आँखा रोगीलाई ६ हजार पर्ने समान्य लेन्स र ६० वर्षमुनिकाको लागि अत्याधुनिक मेशिनबाट गरिने ’फेको अप्रेशन’को ९ हजार खर्च परिरहेको अस्तपालले जनाएको छ । शिविरमा सहभागी भएर निःशुल्क शल्यक्रिया गराउन पाउँदा आँखा बिरामीहरु खुशी भएका छन् । गत बिहिवार नेत्र विशेषज्ञ नम्रता गुप्ताले करिब ८० जनाको शल्यक्रिया गरेको र शुक्रवार देखि डाक्टर किशोर प्रधान र राजेन्द्र साह गरी तीन जना डाक्टरको टोलीले दिनको डेढ सय जनाको उपचार गरिरहेको बताइएको छ। शल्यक्रिया शिविरको लागि गौतम माविले नयाँ भवनमा बासको व्यवस्था मिलाएको छ ।

Share.

Leave A Reply