वीरगन्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउन माग गर्दै आज वीरगन्ज बन्द

0

माघ २१ बीरगञ्ज
वीरगन्जलाइ प्रदेश नम्बर २ को राजधानी बनाउन माग गर्दै आज वीरगन्ज बन्द गरिएको छ । राजधानीको माग राख्दै विगत डेढ महिना देखि निरन्तर रुपमा आन्दोलन गर्दै आइरहेको वीरगन्ज राजधानी संघर्ष समितिले आज बन्दको आह्वान गरेको हो । आन्दोलनकारीहरुले वीरगन्जको घण्टाघर, माइस्थान , मुर्ली , पावर हाउस चोक, प्रतिमा चोक , नगवा , बहुअरी लगायतका स्थानमा आज बिहानै देखि टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनिहरुले वीरगन्जमा आज बिहान देखि लामो तथा छोटो दुरीका नीजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु पनि चल्न दिएका छैनन् । यस्तै वीरगन्जको बजार , शिक्षण संस्थाहरु पनि आज खुलेका छैनन् । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले आदर्शनगर र घण्टार चोकमा गरि तीन वटा नीजी गाडीमा तोडफोड पनि गरेका छन् । बिहानै देखि आन्दोलनकारीहरु चोक चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका कारण यहाको जनजीवन प्रभावित भएको छ ।जनकपुरमा आज बस्न लागेको प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक र त्यसमा सहभागी हुने प्रदेश सांसदहरुलाइ खबरदारी गर्नकै लागि आज बन्दको आह्वान गरिएको संघर्ष समितिका सह संयोजक एंव पुर्वसांसद राज कुमार गुप्ताले बताउनु भयो । गत माघ ३ गते सरकारले जनकपुरलाइ अस्थायी राजधानी तोकपछि आन्दोलन चर्काएको वीरगन्ज राजधानी संघर्ष समितिले यसअघि माघ ४ गते पनि वीरगन्जमा बन्द हडतालको आह्वान गरेको थियो ।पुष २१ गते देखि निरन्तर चलिरहेको रिले अनशन सहितको आन्दोलनका भावी कार्यक्रम तय गर्न आज बेलुकी संघर्ष समितिको बैठक बस्ने र त्यहि बैठकले आन्दोलनका सशक्त कार्यक्रम घोषणा गर्ने संघर्ष समितिका सदस्य एंव एमाले नेता बसरुीद्धन अन्सारीले जानकारी दिनु भयो ।

Share.

Leave A Reply