वीरगन्जलाई राजधानीका लागि शुरु भएको रिले अनसन २५ औ दिनमा

0

माघ १४ बीरगञ्ज
वीरगन्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित गत शुक्रबारदेखि वीरगन्जको घण्टाघरमा शुरु भएको रिले अनसन २५ औ दिन पनि जारी रहेको छ ।

वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाईमा प्रदेश नम्बर २ को राजधानी बीरगञ्जलाई नै बनाउनुपर्ने दबाब सहित रिले अनसन शुरु भएको हो ।
रिले अनसनको २५ औ दिन रोमबार को रिले अन्सनमा युवा संघ बीरगञ्ज नगर कमिटीका नेता कार्यकर्ताहरु बसेका छन ।सोमबारको अनसन कार्यक्रममा बस्नेहरुमा यमरान हुसेन,मो.जौबाद हुसेन,अखिलेस साह,उमेश ठाकुर,कमलेश कुमार,सगिर अहम्द शम्भु थापा,सुरेश रेग्मी,रुपेश चौधरी,मुस्तफा आलम,हृदय नारायण सिंह र mिरोज आलम लगायत रहेका छन ।अनसनमा बस्नु अघि उनीहरुलाई एमालेका नेता बसरुदिन अन्सारीले फुलमाला लगाएर स्वागत गर्नु भएको थियो ।वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित २५ दिनदेखि वीरगन्जको घण्टाघरमा अनशन जारी रहेको छ ।
गत पुस २१ गते शुक्रबार बिहान ११ बजेदेखि शुरु भएको रिले अनसनलाई वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले अनसनमा सहभागीहरुलाइ फुलमाला लगाएर शुभारम्भ गर्नु भएको थियो ।
बीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनका लागि शुरु गरिएको रिले अनसनमा बारा र पर्साका बिभिन्न संघ संस्थाहरुले एकबद्धता पनि जनाईसकेका छन ।बिरगञ्जलाई प्रादेशिक राजधानी नबनाएसम्म अनसन कार्यक्रम जारी रहने बिरगञ्ज राजधानी संघर्ष समितिले जनाएको छ ।

Share.

Leave A Reply