वीरगन्ज महानगरका मेयर सरावगीद्वारा छठघाटहरुको निरीक्षण

0

वीरगन्ज, १४ कार्तिक । बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले बिरगंजका विभिन्न वडाहरुमा रहेको छटघाटहरुको निरीक्षक गर्नुभएको छ ।

हिजो बिहानदेखी वडा नम्बर २६ सुगौली अठराहामा रहेको दुई वटा घाटहरु, वडा नम्बर १७ अलौमा रहेको चार वटा घाटहरु ,बजारटोला, बुढीयामाई, सिवान टोला र कोनिया घाट ,वडा नम्बर २५ श्रृसियामा रहेको विभिन्न घाटहरु ,वडा नम्बर १९ बिन्दवासिनीमा रहेको घाटहरुको निरीक्षण गर्नुका साथै आवश्यक व्यवस्थापनको बारेमा छलफल गर्नुभएको थियो ।

मेयर सरावगीले निरीक्षण गर्ने क्रममा संबन्धित वडाहरुको वडा अध्यक्षहरुका साथै स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

हिजो वीरगंज महानगरपालिकाको आधा वडाहरुमा छठ घाटको निरीक्षणको काम सकिएको र आजपनि ग्रामीण भेगको छठघाटहरुमा निरीक्षण कामलाई निरन्तराता दिने उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply