वीरगन्ज महानगरपालिकाको प्रथम नगर सभाबाट ४ अर्ब २२ करोड २५ लाख रुपैयाको बजेट प्रस्तुत

0

माघ ७ बीरगञ्ज
वीरगन्ज महानगरपालिकाको प्रथम नगर सभा अहिले वीरगन्जको नगरसभागृहमा चलिरहेको छ । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष एंव पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नगरसभाको उद्घाटन गर्नु भएको हो । नगसभागृहमा जारी नगरसभामा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले आर्थिक वर्ष२०७४÷०७५ को बजेट , नीती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । बजेट , निति तथा कार्यक्रममा वीरगन्ज महागरपालिकाले सामाजिक सावेशीकरणको माध्यमद्धारा समुदायको शसक्तिकरण ,गरिबी न्युनिकरण , आधारभुत स्वास्थ्य सेवाको पहुचमा विस्तार , स्थानीय पूर्वाधार सेवाको विस्ता , सेवा प्रवाहीकरणमा सरलीकरण , सुशासन पारदर्शीता र अजाफदेहिता एंव सुचना मैत्री विकास प्रशासनलाइ उच्च प्राथमीकता दिएको छ । यस्तै आर्थिक वर्ष २०७४÷७५ को बजेटमा चार अर्ब २२ करोड २५ लाख ८९ हजार आठ सय ३९ रुपैयाको अनुमानित आय तथा व्यय तर्फ चालु खर्चमा एक अर्ब २३ करोड ५९ लाख ६८ हजार र पुजीगत खर्चमा दुइ अर्ब ९८ करोड ६६ लाख २१ हजार विनियोजन गरिएको आज प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । नगरसभाको उद्घाटन समारोहमा वीरगन्ज् महानगरकी उपमेयर शान्ति कार्की , पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव , २ का सांसद विमल श्रीवास्तव , ३ का सांसद हरिनारायण रौनीयार , पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह , प्रहरी वरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्याय , प्रहरी उपरिक्षक डाक्टर गणेश रेग्मी , सशस्त्र प्रहरी उपरिक्षक शान्ति कुमार कार्की , वीरगन्ज् उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता , विभिन्न राजनितिक दलका प्रतिनिधी , ३२ वटै वडाका वडा अध्यक्ष , वडा सदस्य, महानगरपालिकाको कार्यपालिका सदस्य , सन्चारकर्मी , सरकारी कार्यालयका प्रमुखहरु लगायतको सहभागीता रहेको छ ।

Share.

Leave A Reply