वीरगन्ज महानगरपालिकाले फेरी छाडा पशु नियन्त्रणमा लिन थालयो

0

३०, मंसिर, नीरज,
वीरगन्ज महानगरपालिकाले फेरी छाडा पशु नियन्त्रणमा लिन थालेको छ । केही दिन सुस्ताएको छाडा चौपाया नियन्त्रण अभियान फेरी महानगरपालिकाले सुरु गरेको हो । आज मात्रै वीरगन्ज महानगरपालिकाले विभिन्न स्थानमा छाडा छोडिएका १२ वटा पशुचौपाया नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रहरी इन्चार्ज प्रभु पटेलको नेतृत्व र ग्रिनसिटी सामुदायिक केन्द्र आदर्शनगर वीरगन्जको सहयोगमा १२ वटा पशु चौपाया नियन्त्रणमा लिइएको वीरगन्ज महानगरपालिकाले जनाएको छ । महानगरवासीले जथाभावी पशु चौपाया खुला छोड्दा सडकमा पैदल हिड्न तथा सवारी आवागमनमा समेत समस्या हुदै आएको छ । पशुचौपायाका कारणले नगरमा हुने अवरोध हटाउनका लागि वीरगन्ज महानगरपालिकालाई चौपाया नियन्त्रणमा सहयोग गरेको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो । पशुचौपाया नियन्त्रण अभियान आदर्शनगर क्षेत्रमा मात्रै नभई सबैठाउँमा हुनुपर्ने र यसका लागि वडाका स्थानीयको पहल हुनुपर्ने उहाँको भनाई छ । आफ्नो गाउँटोलकै व्यक्तिले पशुचौपाया छाडा छोड्दा केही नबोल्ने गरेकै कारणले पशुचौपाया पाल्नेहरुले पनि मनलाग्दी छाडा छोड्ने गरेका छन् । यसको नियन्त्रणमा टोलवासीको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने महानगरपालिकाको जोड छ ।

Share.

Leave A Reply