सुपर गयासमा भएको आगलागिको घटना प्रति बीरगञ्ज महानगरका मेयर सरावगी सहित बिभिन्न नेताहरुद्धारा दुख ब्यक्त

0

पुस ६ बीरगञ्ज
बीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले हिजो बीरगञ्जको सुपर गयास प्रालिमा भएको आगलागिको घटना प्रति दुख ब्यक्त गर्नुभएको छ ।मेयर सरावगीले एक प्रस बिज्ञप्ति जारी गर्र्दै आगो निभाउन बीरगञ्ज महानगरपािलकाके बारुण यन्त्र गएको बेला आगलागिमा परि बारुण यन्त्रका कर्मचारी यादव प्रसाद अधिकारी र मधुसुधन मिश्रको ज्यान गएकोमा मा परि ज्यान गएकोमा वहाँहरुको दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।मेयर सरावगीले महानगरपालिकाका दुई कर्मचारीको आफ्नो कर्तव्यपालनको सिलसिलामा दुस्खद निधनले सम्पूर्ण महानगरपालिकाका कर्मचारीहरु स्तव्ध र शोकाकुल भएको र आगलागिमा परि गम्भिर घाईते भएका सञ्जिव नेपाल र बारुण यन्त्रका चालक अरुण महतोको शिघ्र स्वास्थय लाभको कामना गरेका छन।कर्तव्यपालनको सिलसिलामा आफ्नो ज्यानको आहुति दिने हाम्रा होनहार र कर्तव्यनिष्ठ कर्मचारीहरु मधुसुदन मिश्र र यादव प्रसाद अधिकारिप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं, साथै गम्भीर रुपमा घाइते हाम्रा दुई कर्मचारीहरु संजिव नेपाल र अरुण महोतोको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ प्रेस विज्ञप्तिमा उल्लिखित छ ।यसका साथै सुपर गयास प्रालिमा ग्यास लिक भएर भएको आगलागिको घटनाको विषयमा एउटा उच्च जांच बुझ कमिटि गठन गरि सत्य तथ्यको छानविन गरि दोषी पाए दोषी माथि कडा कार्यवाही गर्न र दुर्घटनामा परि मृत्यु हुने घाइते हुनेलाई उचित क्षति पूर्तिको व्यवस्था गर्ने समेत मेयर सरावगीले स्थानीय प्रशासन संग माग गर्नु भएको छ ।
सुपर ग्याँस उद्योगमा हिजो भएको आगलागीको घटनामा विभिन्न राजनीतिक दल तथा राजनीतिक दलका नेताहरुले दुःख व्यक्त गरेका छन् । यसैक्रममा पर्सा क्षेत्र नम्बर ३ का नवनिर्वाचित सांसद हरिनारायण रौनियारले पनि हिजो सुपर ग्याँसमा भएको आगलागीको घटनामा परी मृत्युभएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार प्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले यस्तो घटना पुनः नदोहोरियोस भन्दै मापदण्ड विपरित वस्ती नजिक उद्योगहरु स्थापना गर्न नदिने र वस्ती नजिकका उद्योगहरुको स्थानान्तरणको पनि माग गर्नुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रका युवा नेता रहबर अन्सारीले पनि वीरगंज महानगरपालिकाको जगरनाथपूर स्थित सुपर ग्याँस उद्योगमा लागेको भीषण आगलागीमा भएको मानवीय तथा भौतिक क्षति सम्पूर्ण राष्ट्रकै लागि अती दुखद भएको बताउनु भएको छ । उहाँले घटना स्थलमा नै ज्यान गुमाएका बारुण यन्त्रका दुई बहादुर कर्मचारीहरु प्रती हार्दिक श्रद्दान्जली ब्यक्त गर्नुभएको छ । साथै घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको पनि उहाले कामना गर्नुभएको छ । चुनौतिपूर्ण समयमा पनि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र सम्बन्धित निकायहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरेको सहयोग सरहानीय रहेको उहाले बताउनुभएको छ । साथै आगामी दिनहरुमा यस प्रकारका घट्ना नहुन दिन अपनाउनु पर्ने शतर्कताहरु प्रति सम्पूर्ण सरोकारवाला निकायलाई गम्भिर हुन पनि उहाले आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply