सुपर ग्याँस उद्योगमा भएको आगालगीमा मृत्यु भएकाहरुलाइ साँसद यादवद्धारा जनही एक लाख सहयोग प्रदान

0

माघ १९ बीरगञ्ज
वीरगन्जको सुपर ग्याँस उद्योगमा गत पुष ५ गते भएको आगालगीमा परि ज्यान गुमाएकाहरुको परिवारलाई पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदिप यादवले आज जनही एक लाख रुपैया आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

आगलागी भएकै दिन सांसद यादवले मृतककका परिवारलाइ जनही एक लाख रुपैया र घाइतेहरुलाई जनही ५० हजार रुपैया दिने घोषणा गर्नु भएको थियो । त्यहि घोषणा अनुसार सांसद यादवले ग्याँस उद्योगमा भएको भीषण आगलगीमा परि ज्यान गुमाएका वीरगन्ज महानगरपालिका कार्यालयकाको बारुण यन्त्र शाखाका ३ जना कर्मचारीका परिवारलाइ आज जनही एक लाख रुपैया प्रदान गर्नु भएको हो ।

आज वीरगन्ज महानगरपालिका कार्यालयमा मृतकका परिवारका सदस्यलाइ सांसद यादवले एक एक लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।चेक हस्तान्तरण पछि मृतकका परिवारका सदस्यहरुसंग कुरा गर्दै सांसद यादवले भन्नु भयो ,‘ त्यो घट्ना अत्यन्त दुखद थियो , ३ जना कर्मचारीहरुले ज्यान नै गुमाउनु परयो , उहाँहरुको मृत्युले गर्दा परिवार तथा आश्रीतजनमा परेको क्षतिको परिपुर्ति हुन सक्दैन , तै पनि मैले एउटा सम्मान स्वरुप सानो रकम प्रदान गरेको हुँ, कुनै पनि बेला यहाँहरु मलाई सम्झिनु होला हर सम्भव सहयोगको प्रयास गर्ने छुँ । चेक हस्तान्तरण कार्यक्रममा उपस्थित वीरगन्ज महानगरका प्रमुख विजय सरावगीले मृतकका परिवारजनलाई राहतसंग संगै आश्रीत परिवार मध्ये एक जनालाइ महानगरपालिका कार्यालयमै जागिर र बालबालिकाको पढाईको खर्च पनि महानगरपालिकाले बेहोर्ने बताउनु भयो । महानगरपालिका कार्यालयले पनि मृतकका परिवारलाइ जनही २ लाख रुपैयाको दरले आर्थिक सहयोग यसअघि नै प्रदान गरिसकेको छ । त्यस्तै सुपर ग्यास उद्योगले पनि मृतकका परिवारलाइ १० लाख रुपैया सहयोग गरिसकेको छ ।आजको चेक हस्तान्तरण कार्यक्रममा वीरगन्ज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मी, पर्साका जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अन्सारी लगायतको पनि उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply