सुपर ग्यास उद्योगमा भएको भीषण आगलागि नियन्त्रणमा आयो

0

बीरगञ्ज ५ षौष २०७४

वीरगन्ज महानगरपालिका– वडा नम्बर २२ सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा भएको भीषण आगलागि करिब ९ घण्टा पछि नियन्त्रणमा आएको छ ।बुधबार बिहान करिब ६ बजेदेखि लागेको आगो नियन्त्रणमा आएको छैन । आगो निभाउन गएको दमकल आफैं आगोको चपेटामा परी जलेको छ ।दमकलमा रहेका हवलदार मधुसुदन मिश्र र फायरम्यान यादवप्रसाद अधिकारीको मृत्यु भएको छ। आगलागी भएसँगै त्यहाँ पुगेको वीरगञ्ज महानगरपालिकाको  दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुबै जना कर्मचारीको जलेर मृत्यु भएको हो। आगलागिमा परि गम्भिर घाईते भएका अग्नि नियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई उपचारका लागि बीरगञ्ज हेल्थ केयर अस्पतालमा  लगिएकोमा त्यहाँबाट थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई काठमाडौँ पठाइएको छ। ।
उधोगमा रहेको ग्यास सिलिण्डरहरु बेलबेलामा  पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । उनीहरू आगो लागेको स्थानभन्दा २,३ सय मिटर परै छन् ।आगलागी नियन्त्रण गर्नका लागि वीरगन्जमा रहेको भारतीय महावाणीज्य दूतावासको कार्यालयको समन्वयमा भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन आइओसी को डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याइँदै छ । यस्तै बाराको सिमरामा रहेको विमानस्थलबाट पनि वरुणयन्त्र मगाइएको छ ।जनधनको क्षति हुन नदिनका लागि प्रहरीले माइकिङ गरेर वरिपरीको बस्तीलाई खाली गराइरहेको छ ।आगलागि भएको उधोगबाट पुर्ब पशिचम नहरको बाटोमा प्रहरीले आवागमनमा रोक लगाएको छ ।आगलागि वरपरको बस्तीमा फैलिन सक्ने भन्दै प्रशासनले त्यहाँका बासिन्दाहरुलाई पर सारिएको छ ।त्यहाँ परिचालित सुरक्षाकर्मीका अनुसार आगलागीको समयमा त्यहाँ कतिजना कामदार र कर्मचारी थिए भन्ने यकिन भएको छैन । यस्तै समय समयमा त्यहाँ राखिएको सिलिन्डर विष्फोट भइरहेकोले नजिक गएर उद्दार गर्न सकिने अवस्था पनि छैन।ग्यास उद्योगनजिक अन्य उद्योगहरु पनि छन् । ती उद्योगहरुमा पनि आगलागी फैलने खतरा बढेपछि सतर्कता अपनाइएको छ ।

Share.

Leave A Reply