अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीद्वारा रकेट हमला




एजेन्सी १८ साउन । अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीले रकेट हमला गरेको छ । बिमानस्थल लक्षित गरी गरिएको रकेट हमलापछी सम्पुर्ण हवाई उडानहरु रद्द गरिएका छन् ।

तालीवानी बिद्रोहीले गरेको तीनवटा रकेट प्रहार कान्दाहारको बिमानस्थलको रनवेमा खसेको बुझिएको छ । हवाई उडान रद्द भएपछी सयौं यात्रु अलपत्र परेका छन् ।

अफगानिस्तानको तीन मुख्य शहरहरु हेरात, लश्कर गाह र कान्दहार कब्जा गर्ने क्रममा ती शहरहरुमा प्रवेश गरेका तालीवानी बिद्रोही र अफगानी सेनाबीच संघर्ष जारी रहेकै बेला बिमानस्थलमा रकेट हमला गरिएको हो ।

सो बिमानस्थल कब्जा गर्ने उद्देश्यका साथ रकेट आक्रमण हुन थालेपछी अफगान सरकार थप मारमा परेको छ । अफगानिस्तानको मुख्य शहरका रुपमा परिचित कान्दाहारलाई तालीवानी बिद्रोहीले बिगत तीन सातादेखि निशानामा पार्दै आएको छ ।

अफगाानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछी तालीवानी गतिबिधी तीब्र हुन थालेको हो । पछिल्लो समय भएको तालीवानी हमलाका कारण सयौं सर्वसाधारण पलायन हुन थालेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन
नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगायो