अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने संयुक्त राष्ट्रसंघको चेतावनी



एजेन्सी ,१७ भाद्र । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ ।
त्यहाँस्थित राष्ट्र संघका ह्युम्यानिटेरियन कोर्डिनेटर रामीज अलाकबारोभले मानवीय हिसाबले अफगानिस्तानको अहिलेको अवस्थो निकै त्रासपूर्ण रहेको भन्दै अबका केही दिनमा तीनमध्ये एक जनाले खान नपाउने अवस्था आउन सक्ने चेतावनी दिनुभएको छ ।

विश्व खाद्य कार्यक्रमको डिपोमा रहेको खाद्यान्न सेप्टेम्बर अन्त्यसम्ममा रित्तिने भन्दै उहाँले ३ करोड ८० लाख जनसंख्या भएको अफगानिस्तानमा एक तिहाइ मानिसले दुई छाक खान नपाउने अवस्था आउने दावी गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानको सहयोगका लागि पाकिस्तानी प्रधानमन्त्रीको आग्रह
अमेरिकामा एकै दिन सवा लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
तालिवानविरुद्धको प्रतिबन्ध कयम रहेपनि अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्ने
नाइजेरियामा हैजाबाट ३२९ को मृत्यु