अफगानिस्तानमा तालिवानले सत्ता कब्जामा लिएपछि अमेरिका र तालिबानबीच पहिलो पटक कतारमा वार्ता हुँदै



एजेन्सी ,२४ असोज । अफगानिस्तानमा तालिवानले सत्ता कब्जामा लिएपछि अमेरिका र तालिबानबीच पहिलो पटक वार्ता हुने भएको छ ।कतारको राजधानी दोहामा हुने वार्तामा तालिवानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच अफगानिस्तानमा वार्ता हुन लागको हो ।

अफगातिस्तानमा रहेका चरमपन्थी समूह र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने विषयमा अमेरिकी प्रतिनिधि र तालिवानी अधिकारीहरूबीच वार्ता हुन लागेको हो ।अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्वपूर्ण मानिएको छ ।

गत अगस्टको अन्त्यमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँ २० वर्षको सैन्य उपस्थिति समाप्त भएको र अफगानिस्तानको सत्तामा तालिवानको उदय भएपछि हुन लागेको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।वार्ताले तालिबानले सन् २०२० मा वाशिङ्टनसँग गरेको शान्ति सम्झौताको पुनरवलोकन गर्ने विश्लेषण गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आज विश्व खाद्य दिवस विश्वभर ४१ औँ विश्व खाद्य दिवस मनाइँदै छ
भारतीय जनता पार्टीद्वारा युपीका लागि “१०० दिनका १०० कार्यक्रम” तयार
भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित
इटालीमा भएको जहाज दुर्घटनामा आठको मृत्यु