अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउनेलाई सय डलर दिने जो बाइडन




वीरगन्ज,१५ साउन । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाको खोप लगाउनेहरुलाई प्रतिव्यक्ति एक सय डलर दिन विभिन्न राज्यलाई आह्वान गरेका छन् । कोरोना महामारी बढिरहेका बेला खोप लगाउनेहरुलाई आकर्षित गर्न राष्ट्रपति बाइडेनले यस्तो प्रस्ताव गरेका हुन् ।
उनले संघीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी निर्देशन जारी गरेका छन् ।

अमेरिकामा संघीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो । संघीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन् ।राष्ट्रपति बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । हालसम्म अमेरिकामा आधा जनसंख्याले मात्र खोपको पूरा मात्रा लिएका छन् ।
राष्ट्रपति बाइडनले बढी संक्रामक डेल्टा भेरियन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए । राष्ट्रपति बाइडनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताए ।


अमेरिकी राज्यहरूलाई खोप लगाउने नयाँ व्यक्तिहरूलाई अब प्रतिव्यक्ति एक सय डलर दिन उनले आह्वान गरेका छन् । उनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको संघीय सरकारले परिपूर्ति गरिदिने बताए । एजेन्सी


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वीरगन्ज महानगरपालिकाद्धारा फेरि बिद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने तयारी
लायन्स क्लब अफ समपर्णद्वारा वीरगन्ज चिनी कारखान आवासक्षेत्रको मन्दिर परिसरमा वृक्षरोपण सम्पन्न
वीरगन्जमा कोरोना संक्रमतिको संख्या सुन्य
जिल्ला प्रशासन कार्यालय पर्साद्वारा स्मार्ट लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय