अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको आवेदन खुल्ला



वीरगन्ज,२१ असोज । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको आवेदन खुलेको छ। काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार , गएराती पौने १० बाट डिभिीका लागि आवेदन खुला भएको हो । गएराती देखि खुल्ला भएको डिभी कात्तिक २३ गते बन्द हुने छ। अमेरीकी दूतावासले डिभी चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने समेत प्रष्ट पारेको छ ।

दूतावासले चिट्ठा भर्नका निम्ति आवश्यक परेअनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ ।आफैँ डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन्। निवेदकले आफ्नो परिवारका सबै सदस्यहरुको स्पष्ट विवरण राख्नुपर्ने छ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने अमेरीकी दूतावासले जनाएको छ । डिभी आवेदनमा ६ महिना भित्र खिचिएको फोटोमात्र प्रयोग गर्न पाइने छ ।

अमेरीकी दूतावासका अनुसार यस वर्षको डिभी आवेदनमा मुख्य आवेदकको वैध र म्याद नसकिएको राहदानीको विवरण समावेश गर्नुपर्नेछ। डभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका २०७९ साल वैशाख २५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ। आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्ने छ। ५५ हजार विदेशीलाई भिसाका लागि छनोट गरिने बताइएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
बडादसैँको चौँथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै