अरुलाइ बदनाम गराउने नियतले झुठो उजुरी दिएका एक जना पर्सा प्रहरीद्वारा पक्राउ



असार ९ अरुलाइ बदनाम गराउने नियतले मोटरसाइकल चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा झुठो उजुरी दिएका एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले झुठो उजुरी दिने बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ का सन्जय यादवलाइ पक्राउ गरेको हो । आदर्शनगरमा रहेको ग्लोबल आइएमइ बैंक अगाडि अस्ति ७ गते पार्किङ गरिएको ना २७ प ९२२० नम्बरको सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको भन्दै खोजतलाशका लागि यादवले प्रहरी कार्यालयमा निवेदन दिएका थिए । यादवले दिएको निवेदनका आधारमा खोजतलाशा गर्दा प्रहरीले चोरी भएको भनिएको उनको मोटरसाइकल वीरगन्ज हेल्थ केयर हस्पिटल परिसरमा फेला परेको थियो । तर हस्पिटलमा जडान गरिएको सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियो फुटेजमा , यादव आफैले आफनो मोटरसाइकल ल्याएर अस्पतालमा पार्किङ गरेर हेलमेट लिएर अस्पतालबाट निस्किएको देखिएपछि उनले अस्पतालाइ बदनाम गराउने नियतले प्रहरी कार्यालयमा मोटरसाइकल हराएको भनेर झुठो निवेदन दिएको तथ्य प्रकाशमा आएको हो । झुठो निवेदन दिने यादवलाइ प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले जानकारी दिनु भयो ।
यसैबिच वीरगन्जको माइस्थानबाट बिहीबार साँझ मोटरसाइकल चोरेर भाग्दै गरेका एक युवकलाइ प्रहरीले चोरी भएको मोटरसाइकल सहित पक्राउ गरेको छ । माइस्थानमा रहेको एस के ट्रेडर्स अगाडिको सडकमा पार्किङ गरेर राखिएको ना २९ प ७७७३ नम्बरको सिबिजेड मोटरसाइकल चोरेर भागेका बाराको नौतन बहुअरीका अजहर साह मुसलमानलाइ प्रहरीले चोरी भएको मोटरसाइकल सहित रङगे हात पक्रेको हो । पक्राउ परेका मुसलमानलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कार्वाही प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड