अशिक्षा, वेरोजगारीका कारण सामाजिक सद्भावमा असर पर्ने गरेको सरोकारवालाहरुको भनाई



साउन ५ बीरगंज
अशिक्षा, वेरोजगारी र विपन्नताकै कारण सामाजिक सद्भावमा असर पर्ने गरेको सरोकारवालाहरुले बताएका छन् । वीरगञ्जमा बिहीबार आयोजित सामाजिक सद्भाव तथा द्वन्द व्यवस्थापनमा युवाको भूमिका सम्बन्धि कार्यशालामा बोल्ने वक्ताहरुले सामाजिक सद्भावले नै द्वन्दको अन्त्य गर्ने समेत बताएका छन् । समयमै द्वन्द समाधान गर्न सके सदभाव कायम रहने तर्क उनीहरुको छ । संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युएनडिपीको सहयोगमा समाज विकास समन्वय समिति पर्साले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले सामाजिक सद्भाव कायम राख्नका लागि युवा वर्गको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनीहरुले युवाहरुले शिक्षक, अभिभावक र अग्रजहरुसँग डराउन छोडेर समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्व लिनुपर्ने बेला आएको बताएका थिए । पर्सा क्षेत्र नम्बर २ का सांसद विचारी यादवले अन्यायको विरुद्ध लड्न हतियारकै आवश्यकता नपर्ने भन्दै विचारले लड्न सकिने बताउनुभयो । उहाँले सामाजमा विद्यमान कुरीति र कुसँस्कृति विरुद्ध लड्न युवालाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस पर्साका सचिव किशोरी साह कानु, , नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पिएल श्रेष्ठ, संघीय समाजवादी फोरम नेपाल पर्साका प्रवक्ता राम नरेश यादव, नेकपा एमालेका युवा नेता सुदिप लामा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष अनुप तिवारी, नेपाल लोकतान्त्रिक फोरमका बरिष्ठ उपाध्यक्ष राम जनम चौधरी, जिल्ला समन्वय समिति पर्साको सामाजिक विकास अधिकृत धर्मराज थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । युएन डिपीको सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागीता कार्यक्रम वीरगञ्ज महानगरपालिकाको ४ वटा वडामा सञ्चालनमा रहेको समितिका राजेन्द्र चौधरीले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड