अस्थायी शिक्षकहरुको आन्दोलनका कारण पर्सा र बारामा पठनपाठन ठप्प



बैशाख १९ आन्दोलनरत अस्थायी शिक्षकहरुले पर्सामा रहेका सामुदायिक विद्यालयहरुमा मंगलबार पठनपाठन ठप्प पारेका छन् । गत चैत महिनामा शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरूको आन्तरिक प्रतिस्पर्धा गराई पदपूर्ति गर्न खोलेको विज्ञापन विरुद्ध पर्सा सहित देशभरका अस्थायी शिक्षकहरू बैशाख १३ गते देखी नै आन्दोलनमा छन् । आन्दोलनरत अस्थायी शिक्षकहरूले पर्सामा रहेका सामुदायिक विधालयहरुमा आज र भोलि गरि दुइ दिनका लागि पठनपाठन ठप्प पारेका हुन् । आन्दोलन अस्थायी शिक्षकहरुले बैशाख १३ गते देखि जिल्ला शिक्षा कार्यालय पर्सामा धर्ना पनि दिदै आएका छन् ।वर्षौ देखि काम गर्दै आएका अस्थायी शिक्षकहरुलाइ सरकारले विकल्प नदिइ अचानक लोक सेवाको विज्ञापन खोलेर बेरोजगार बनाउने षडयन्त्र गरेकाले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको अस्थायी शिक्षक संघर्ष समिति पर्साका अध्यक्ष बिन्दा कुमार दास थारुले बताउनु भयो ।यस्तै बारामा पनि आज अस्थायी शिक्षकहरुले सामुदायिक विधालयहरुमा पठन पाठन ठप्प पारेका छन् । यसैबिच जिल्ल शिक्षा कार्यालय बारामा मंगलबार तालाबन्दी गर्न गएका आठ जना अस्थायी शिक्षकहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । तालाबन्दी गर्न गएका अस्थायी शिक्षक संघर्ष समिति बाराका संयोजक कुमोदलाल कर्ण सहित आठ जना शिक्षकहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । अस्थायी शिक्षकहरु विद्यालयमा जानै छाडेर आन्दोलनमा उत्रीएपछि सामुदायिक विद्यालयमा अध्ययनरत विधार्थीहरुको पठन पाठनमा असर परेको छ ।आफनो सेवा सुविधाका लागि पढाउनै छाडेर आन्दोलनमा उत्रिएका शिक्षकहरुले बालबालिकाहरुको भविष्यसंग खेलवाड गरेको अभिभावकहरुको भनाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन