आइतवार बिहानै देखि देशका विभिन्न ठाउँमा लगातारको वर्षाले जनजीवन प्रभावित



वीरगन्ज, २ कात्तिक । पर्सा , बारा सहित देशका धेरैजसो ठाउँमा आज पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सुदूरपश्चिम र प्रदेश १ का थोरै ठाउँमा भने भारी वर्षा भएको छ ।

आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ ।

आज राति र भोलि सम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुँदै जाने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।पर्सि देखि पनि बादल रहने भएकाले मौसम पूरै सफा नहुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । गत आइतवार बिहानै देखि देशका विभिन्न ठाउँमा लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ ।

बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा रहेकाले मौसम बदली तथा वर्षा भइरहेको मौसम पुर्वानूमान महाशाखाले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश २ कै पहिलो सामुदायिक रेडियो नारायणी एफ.एम १५ बर्ष पूरा गरी १६ औं बर्षमा प्रवेश
बाढि र पहिरोमा परेर देशका विभिन्न स्थानमा अहिले सम्म ८ जनाको मृत्यु
वर्षाले खेतमै धानबाली भिज्नुका साथै डुबानमा परेपछि किसानहरु चिन्तित्
टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो