आईपीएल क्रिकेटमा आज दिल्ली र हैदराबाद खेल्दै



काठमाण्डौ ६ असोज । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि दुबईमा शुरु हुनेछ ।
अंकतालिकामा दिल्ली दोस्रो स्थानमा र हैदराबाद पुछारमा छ । दिल्लीले ८ खेलमा ६ मा जित र २ मा हार बेहोरेको छ । उसको १२ अंक छ । समान अंक रहेको चेन्नई नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । हैदराबाद ७ खेलमा २ अंक जोड्दै पुछारमा छ । यसअघि गएराति भएको खेलमा राजस्थान रोयलले पन्जाब किङ्सलाई दुई रनले हराएको छ ।शौ— उज्यालो

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्व राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपको क्वाटर फाइनल चरणको तेस्रो दिनको खेलमा निर्मल समाज यूवा क्लब , ठोरी ४ विजयी
स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपमा क्वाटर फाइनल दोस्रो दिनको खेलमा बिरगंज युनाइटेड क्लब , बिरगंज विजयी
स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फुटबल प्रतियोगितामा आज युनाइटेड सिमरा बारा र लालबन्दी ११ सर्लाही बिचको खेल हुदै माधव…
स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फुटबल प्रतियोगितामा आजको खेल युवा प्रगति समाज सेढवा पर्सा र बिएफसी चितवन बीच हुदै