आईसीसी टी–२० वरीयतामा नेपालमा एक स्थान तल



नारायणी डेक्स
वीरगन्ज,१७ भाद्र । आईसीसी टी–२० वरीयतामा नेपालमा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको वरीयतामा नेपालको वरीयता खस्किएको हो ।यसअघि १२औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १३औं स्थानमा छ । टेष्ट राष्ट्र आयरल्याण्ड १२औं स्थानमा उक्लेको छ ।नेपालको अहिलेसम्मको उत्कृष्ट वरीयता ११ औं स्थान हो ।टी–२० नयाँ वरीयताको इंग्ल्यान्ड शीर्ष स्थानमा, भारत दोस्रोमा, पाकिस्तान तेस्रोमा, न्युजिल्याण्ड चौथोमा र दक्षिण अफ्रिका पाँचौ स्थानमा छ । यस्तै अष्ट्रलिया छैटौ, बंगलादेश सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं, वेष्ट इन्डिज दशौँ र जिम्बाव्वे ११औं स्थानमा छ ।नेपाल ओडीआई वरीयतामा १६औं स्थानमा रहेको छ ।आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली हाल ओमानमा छ । त्यसअघि नेपालले पपुवा न्यु गिनीसँग दुई ओडीआई अन्तर्राष्ट्रिय खेल खेल्नेछ । नेपालल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ग्रिजम्यान एट्लेटिको फर्किए, सेभियाका लुक जोङ बार्सिलोनामा
पूर्वकप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिक्रेटबाट सन्यासको घोषणा
गगन थापाको टक्कर सुबुना बस्नेतसँग
पर्सामा फोरम नेपाल हिरो,राजपा नेपाल जिरो