आज देखि साउन ३२ गतेसम्म स्थानीय तहमै मतदाता नामावली संकलन हुने



साउन १६ बीरगंज
आज देखि साउन ३२ गतेसम्म स्थानीय तहमा पनि मतदाता नामावली संकलनको काम शुरु भएको छ । स्थानीय तहको केन्द्रहरुमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने टोली पुगेर आज देखि काम शुरु गरेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । निर्वाचन आयोगको निर्देशन अुनसार आजदेखि स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलनको काम शुरु गरिएको पर्साका जिल्ला निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो । आज बाट जिल्ला प्रशासन कार्यालय पर्सामा भने नामवली संकलन कार्य बन्द गरिएको छ ।आज देखि साउन ३२ गतेसम्म गाउँपालिका र नगरपालिकाको केन्द्रमै पुगेर मतदाता नामावली संकलन गछौं ,’ पराजुलीले भन्नुभयो ‘ सदरमुकाम रहेको स्थानीय तहको हकमा भने राधेमाइमा रहेको जिल्ला निर्वाचन कार्यालयमै फोटो सहितको मतदाता नामावली दर्ता गराईने छ । बाहिरी जिल्लाका मान्छेको दर्ता भने जिल्ला निर्वाचन कार्यालय पर्सामा मात्रै हुने जिल्ला निर्वाचन अधिकारी पराजुलीले बताउनुभयो । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सक्कल नागरिकता र नागरिकताको फोटोकपी अनिर्वाय लिएर जानुपर्ने हुन्छ । नागरिकता रहेको ठेगाना भन्दा बाहिरका जिल्लाको मानिसहरुको हकमा भने विवाह दर्ता र बसाई सराईको काजगात पनि आवश्यक पर्ने जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयहरुकोगुनासो
महानगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने , नगरप्रमुख सरावगीको दाबी
बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु
राष्ट्रियसभा दुई विधेयक पारित