आन्तरिक राजश्व कार्यालय वीरगन्जले , गत आर्थिक वर्ष २०७७÷०७८ मा लक्ष्य भन्दा १७ प्रतिशत कम राजश्व संकलन



नीरज
वीरगन्ज, ६ साउन । आन्तरिक राजश्व कार्यालय वीरगन्जले , गत आर्थिक वर्ष २०७७÷०७८ मा लक्ष्य भन्दा १७ प्रतिशत कम राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षका लागि राजश्व विभागले ९ अर्ब ८१ करोड ६८ लाख २ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएकोमा आन्तरिक राजश्व कार्यालय वीरगन्जले लक्ष्यको ८२.९४ प्रतिशत मात्र अर्थात ८ अर्ब १४ करोड २१ लाख १ हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा भने आन्तरिक राजश्व कार्यालयले ११ अर्ब ३ करोड ६४ लाख ७२ रुपैयाँको लक्ष्य पाएकोमा लक्ष्यको ५७.७३ प्रतिशत मात्रै राजश्व संकलन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा १ अर्ब ६६ करोड २ लाख ७१ हजार रुपैयाँ बढी राजश्व संकलन गर्दा पनि गत आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य भेट्टाउन नसकिएको कार्यालयले जनाएको छ । आन्तरिक राजश्व कार्यालयले आय कर, ब्याज, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र शिक्षा कर संकलन गर्दै आएको छ । स्थानीय सरकारको गठनपछि घर भाडा कर स्थानीय सरकारले नै संकलन गर्ने गरेको छ भने शिक्षा सेवा कर सरकारले नै खारेज गरिसकेको छ । विदेशमा पढ्न जाने विद्यार्थीले कलेज तथा विश्वविद्यालयलाई बुझाउने रकमको दुई प्रतिशत शुल्क सरकारलाई बुझाउनुपर्ने प्रावधान छ ।
त्यहि रकम मात्रै आन्तरिक राजश्व कार्यालयमा जम्मा हुने गरेको छ । कार्यालयका सूचना अधिकारी कर अधिकृत हृदय नारायण महतोले राजश्व संकलनको लक्ष्यको प्रमुख हिस्सा अन्तशुल्कले ओगट्ने गरेको र अन्तशुल्कमा कटौति भएकाले लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको बताउनुभयो ।
यसैबीच गत आर्थिक वर्षमा आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा १५ हजार ६ सय ६ जना नयाँ करदाता थपिएका छन् । ३ हजार ४ सय ८१ संस्थागत पान दर्ता, ९ सय ४५ मुल्य अभिवृद्धि कर भ्याटमा दर्ता, १० हजार ६ सय ९९ व्यक्तिगत पान दर्ता, २ सय २७ अन्तशुल्क दर्ता र २ सय ५४ वटा सरकारी निकाय , दर्ता भएका छन् ।योसँगै कार्यालयको राजश्व संकलनमा योगदान दिने व्यक्ति तथा फर्महरुको संख्या १ लाख २ हजार ६ सय ५३ पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्म यी करदाताको संख्या ८७ हजार ४७ मात्रै थियो ।
आन्तरिक राजश्व कार्यालयले बक्यौता कर असुलीका लागि करदाताले मुद्दा फिर्ता लिएर तोकिएको कर तिरेमा त्यसमा लाग्ने अन्य शुल्क जरिवाना मिनाहा गर्ने, २० लाख भन्दा कम कारोबार गर्ने साना करदातालाई लाग्ने करमा ९० प्रतिशत छुट, २० देखि ५० प्रतिशत कारोबार गर्नेलाई ७५ प्रतिशत छुट र ५० देखि १ करोडसम्मको कारोबार गर्नेलाई ५० प्रतिशत छुटको योजना अघि सारेको कार्यालयका प्रमुख कर अधिकृत सुनिल कुमार यादवले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
वीरगन्ज महानगरपालिकाद्धारा फेरि बिद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने तयारी
पर्सामा लगाइएको धानीबालीमा दाना नै नलाग्ने समस्या देखिएपछि किसानहरु चिन्तित