आफूभन्दा १६ बर्ष कम उमेरकी बालिकासँग विवाह गर्न लागेको अवस्थामा बेहुला पक्राउ



बैशाख १७ आफूभन्दा झण्डै १६ बर्ष कम उमेरकी बालिकासँग विवाह गर्न लागेको अवस्थामा बारा प्रहरीले बेहुला सहित बेहुलीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ ।बालविवाह कानुनी अपराध भएपनि गोप्यरुपमा विवाह गर्न लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको सुवर्ण गाउँपालिका २ कवहीगोठबाट गत शुक्रबार राती विवाह मण्डपबाटै बेहुला र बेहुलीलाई पक्राउ गरेको हो ।विवाह गर्नका लागि जन्ती सहित पुगेका कलैया उपमहानगरपालिका १३ छोटकी फुलवरियाका २५ वर्षीय रामन रेशप्रसाद यादव बेहुला पोशाकमै विवाह मण्डपबाट पक्राउ परेका हुन् । प्रहरीले यादव सहित अन्दाजी नौ बर्षीया बालिकालाई पनि नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय बाराले आज सबहान पत्रकार सम्मेलन गरी पक्राउ परेका बेहुला र बेहुलीलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै बाराका प्रहरी उपरिक्षक नरेन्द्रप्रसाद उप्रेतीले गोप्यरुपमा विवाह गर्दै गरेको सूचना पाएपछि शुक्रबार राती १० बजे प्रहरी पुगेर दुबै जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । ‘हामीले गाउँगाउँमा बालबिवाहविरुद्ध अभियान सञ्चालन गरेका थियौ, अभियानकै कारण हामीलाई यस्तो सूचना प्राप्त भयो’ उप्रेतीले भन्नुभयो ‘त्यसलगत्तै प्रहरी परिचालन गरेर हामी विवाह रोक्दै बेहुला बेहुलीलाई नियन्त्रणमा लिएका हौ । प्रहरी पुगेलगत्तै विवाहस्थलमा बेहुला र बेहुली दुवै पक्षका अभिभावकहरु बिच भागभाग मच्चिएको थियो । प्रहरी पुगेपछि जन्ती सहित दुबै पक्षका अभिभावक समेत फरार भएको प्रहरी उपरिक्षक उप्रेतीले बताउनु भयो । विवाहमा संलग्न बेहुला र बेहुली दुबै पक्षका अभिभावक, लमी , पुरोहित सबैको खोजी भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिनुभयो । पक्राउ परेकी बालिकाले आफनो उमेर को उमेर ११ वर्ष रहेको बताएपनि उनको शारिरीक अवस्था हेर्दा १० बर्ष भन्दा पनि कम हुनसक्ने देखिएको प्रहरी उपरिक्षक उप्रेतीको भनाइ छ । पक्राउ परेका बेहुला यादव माथी मुलुकी ऐन विवाहवारी महलको २ नम्बर कसुरमा कारवाही प्रक्रिया अगाडी बढाइने प्रहरीले जानकारी दिएको छ । बालिकाको उमेर १० बर्ष भन्दा कम भएमा यादवलाई ६ महिनादेखी तीन बर्षसम्म कैद र ९ हजार देखी १० हजार रुपैया सम्म जरिवाना हुनेछ । बालिकाको उमेर १० वर्ष भन्दा माथी भएमा यादवलाई तीन महिना देखी ९ महिना सम्म कैद र पाच हजारको जरिवाना हुने प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिनुभयो । पक्राउ परेकी बालिकालाई अहिले जिल्ला प्रहरी कार्यलय बाराको महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । जिल्ला प्रहरी कार्यलय बाराले बालविवाह गरिरहेको अवस्थामा बेहुला बेहुली पक्राउ परेको जिल्लामै यो पहिलो पटक भएको जनाएको छ । यसैबिच बाल अधिकारको क्षेत्रमा काम गर्ने महिला एकीकृत सञ्जाल बारा, दलित महिला संघ बारा, संरक्षण नेपाल बारा लगायतका संघ संस्थाका प्रतिनीधिहरुले जस्तोसुकै राजनीतिक दवाव आएपनि बाल विवाह गर्न खोज्नेलाई कारबाही गर्न प्रहरीसंग आग्रह गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन