आफू बिरुद्ध षडयन्त्र भइरहेको प्रदेश २ का मुख्यमंत्री राउतको जिकिर



वीरगन्ज,२० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई बदनाम बनाउने प्रयास भैरहेको बताउनुभएको छ । प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारलाई बदनाम गर्न जालझेल गरेको टिप्पणी गर्नुभयो ।

उहाँले प्रदेश २ को सफल कार्यक्रम ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई विवादित बनाउन षड्यन्त्र भैरहेको उहाँको आरोप छ । प्रदेश सभाबाट पारित बजेट कार्यान्वयन मुख्यमन्त्रीले गर्ने होइन भन्ने कुरा थाहा हुँदाहुँदै पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारको गरिमामाथि प्रहार गरेको उहाँको भनाई छ ।

मुख्यमन्त्री कार्यालयले प्रक्रिया पूरा गरी साइकल खरिद गरेको कागजात प्रदेश सांसदलाई देखाउँदै उहाँले आयोगले समन्वय गरेको भए आफै सबै कागजात उपलब्ध गराउने पनि बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

संघीय संसदमा सांसदहरूले दसैं–भत्ता नपाउने
मन्त्री बनाउने विषय प्रधानन्यायाधीशको हातमा हुँदैन  प्रन्या जबरा
लोसपा आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन नगरिन, नेता राजेन्द्र महतो
नेकपा एमालेको विधान महाधिवेशन आज सकिंदै