इटालीमा भएको जहाज दुर्घटनामा आठको मृत्यु



रोम, १८ असोज । इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ । सो विमान निजी र सानो रहेको थियो ।सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो ।
उक्त जहाजका चालक, सहचालक र अरु छ जना यात्रुको सो विमान दुर्घटनामा परेर निधन भएको समाचारमा जनाइएको छ ।सो जहाज दुर्घटनमा परेर निधन भएकामा एकजना इटालियन नागरिक पनि रहेका छन् ।

त्यस्तै त्यसमा एक बच्चाको पनि ज्यान गएको छ ।
यहाँका स्थानीयहरुले उक्त दुर्घटना निकै नै डरलाग्दो भएको बताएका छन् ।

बस्तीमा जहाज खसेपछि त्यहाँका नागरिकहरु निकै आतंकित भएका बताइएको छ । प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ । ठूलो संख्याका उद्धारकर्मी र दमकलहरु सो दुर्घटनाको उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ । (रासस÷सिन्हवा)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आज विश्व खाद्य दिवस विश्वभर ४१ औँ विश्व खाद्य दिवस मनाइँदै छ
भारतीय जनता पार्टीद्वारा युपीका लागि “१०० दिनका १०० कार्यक्रम” तयार
अफगानिस्तानमा तालिवानले सत्ता कब्जामा लिएपछि अमेरिका र तालिबानबीच पहिलो पटक कतारमा वार्ता हुँदै
भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित