इरानलाई परमाणु सम्बन्धी वार्तामा फर्किन अमेरिकाको आग्रह




एजेन्सी, २२ साउन । अमेरिकाले इरानलाई परमाणु सम्झौता सम्बन्धी वार्तामा फर्किन आग्रह गरेको छ ।
हिजो पद सम्हालेका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने सङ्केत गरेकै बेला अमेरिकाले यस्तो आह्वान गरेको हो ।
अमेरिकाले कूटनीतिक मार्ग सधैँ खुला नरहने चेतावनी पनि दिएको छ । सन् २०१८ मा त्यस बेलाका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याउँदै इरानमाथि पुराना प्रतिबन्धहरू पुनः लगाएपछि दुई देशबीच तनाव बढेको थियो ।
पश्चिमा देशले परमाणु हतियार बनाएको भन्दै इरानको आलोचना गर्दै आएका छन् । तर, इरानले भने यसको खण्डन गर्दै आएको बीबीसीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
मल्टी स्पर्श स्पेशलिटी अस्पतालले एकजना बिरामीको निशुल्क शल्यक्रिया गर्यो