एउटै गाविसलाई दुईवटा उपमहानगरपालिकामा गाभेर स्थानीय तह निर्माण भएपछि स्वास्थ्य सेवा सेवा प्रभावित



चैत्र १५ बाराको एउटै गाविसलाई दुईवटा उपमहानगरपालिकामा गाभेर स्थानीय तह निर्माण गरिएपछि मनहर्वामा रहेको स्वास्थ्य चौकीको सेवा प्रभावित हुन पुगेको छ । स्थानीय तह तोकिनुभन्दा पहिले मनहर्वा गाविसमा दुई दशक देखि सञ्चालनमा रहेको स्वास्थ्य चौकी कलैया वा जितपुरसिमरा मध्ये कुन उपमहानगरपालिकामा राख्ने भन्ने विवादले सेवा प्रभावित भएको हो । मनहर्वा गाविसको वडा नम्बर १, २ र ८ लाई जीतपुर–सिमरा उपमहानगरपालिका र बाँकी वडालाई कलैया उपमहानगरपालिकामा समावेश गर्दै सरकारले स्थानीय तह तोकेको छ । स्थानीय तह घोषणा भएलगत्तै साबिकको मनहर्वा गाविसको वडा नम्बर १ मा रहेको स्वास्थ्य चौकीको सामान वडा नम्बर ४ सखुईका स्थानीयले उठाएर लगेपछि विवाद चुलिएको हो ।दुई पक्षबीचको विवादका कारण सर्वसाधारण भने स्वास्थ्य सेवाबाट वञ्चित हुन पुगेका छन् । फागुन २७ गते स्थानीय तह घोषणा भएको तीन दिनपछि सखुईका बासिन्दाले मनहर्वा स्वास्थ्य चौकीका सबै सामान ट्रयाक्टरमा हालेर लगेका हुन् । जिल्ला जनस्वाथ्य कार्यालयलाई जानकारी नै नदिई स्वास्थ्य चौकीको सामान उठाएर लगेपछि जैतापुरका स्थानीयवासीन्दा रुष्ट भएका छन् । कुनै जानकारी नै नदिई सखुईका स्थानीयले स्वास्थ्य चौकीको सामान जबरजस्ती उठाएर लगेको जैतापुरवासीको भनाइ छ । सखुइका वासीन्दाले भने जैतापुरमा भन्दा स्वास्थ्य चौकीको आवश्यकता सखुईमा रहेकाले सामान उठाएर ल्याएको बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाराका उपप्रमुख प्रेमचन्द्र जयसवालले भने स्वास्थ्य संस्था सारिएको बिषयमा कुनै जानकारी नआएको बताउनु भयो ।बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले भने मनहर्वाको स्वास्थ्य चौकीका विषयमा देखिएको विवाद समाधान गर्नका लागि पहल गरिरहेको बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान