एकल रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरे



साउन ११ बीरगंज
सामुदायिक सेवा केन्द्र तथा सामुदागिक प्रहरी सेवा केन्द्र वीरगंज मुर्लीले बुधबार एकल रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम सरार्फको अध्यक्षता तथा अन्चल प्रहरी कार्यालय नारायणी वीरगंजका प्रहरी बरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा आयोजना गरिएको रक्तदान कार्यक्रममा अहिले सम्म ६५ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा सिता ढुगाना ,शिलु गौतम ,विवेक गौतम ,सुधा शेर्पा ,निलम पोखरेल,नविना साह,काजल उपाध्याय ,रंजना साह जेनिसा खडका उमा गुरुग,संगिता प्याखुरेल , सुनिता विक ,सरिता मैनाली ममता गुप्ता , कोपिला चौलागाई,सुनिल कुमार ,पवन गुप्ता ,पुकार सुवेदि ,असलम अंसारी विनोद उपाध्याय ,अजय सर्राफ ,रवि कलवार ,शम्भु शर्मा ,महेन्द्र ठाकुर लगायतका रहेका छन । कार्यक्रममा विशिष्ठ अतिथि संघिय सामाजबादी फोरम नेपालका मधेश प्रदेश कोषध्यक्ष तथा उद्योगी एवम सामाजसेवी विजय सरावगीले रक्तदान महादान भएकाले कुनै पनि संस्थाले यस्तो पुण्यको काम गरेमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान