एक महिला माथि तीन जना पुरुषहरुद्धारा सामुहिक बलात्कार



असार २७ वीरगन्जको इनर्वामा सोमबार राति एक विवाहीता महिलालाइ तीन जना पुरुषले सामुहिक बलत्कार गरेका छन् ।भारतको बेतिया घर भइ बाराको जितपुर स्थित माइती घरमा बस्दै आएकी २२ वर्षिया महिलालाइ वीरगन्ज महानगरपालिका वडा नम्बर १९ इनर्वाका ३० वर्षिय तैयब हुसेन , ३० वर्ष कै नूरु अल हक र २९ वर्षिय महम्मद तबरेज अहमदले सामुहिक बलत्कार गरेका हुन् । भारत बेतियाको जेलमा १० महिना देखि कैद सजाय भोगि रहेका आफना श्रीमान्लाइ भेट्न भनेर सोमबार साँझ डेढ वर्षको दुधे बच्चालाइ संगै लिएर जितपुरबाट बेतिया हिडेकी महिलालाइ तैयबले सोमबार बेलुकी श्रीपुरमा भेटेपछि बास दिन भन्दै इनर्वा स्थित आफनो घरमा लगेका थिए । घरमा लगेपछि तैयब तथा उनका दुइ जना साथी नूरुअल र तबरेज तीनै जनाले यौन सम्पर्क राख्न आग्रह गर्दा नमाने पछि आफु्लाइ तीनै जनाले पालै पालो बलत्कार गरेको पिडित महिलाले बताएकी छिन् । मंगलबार बिहान पिडित महिलाले घटना बारे जानकारी गराएपछि प्रहरीले आरोपित तीनै जना युवकलाइ वीरगन्जको घण्टाघरबाट पक्राउ गरेको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनु भयो । पिडित महिलाको मंगलबार नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परिक्षण गराएर महिला र उनको बच्चा दुवै जनालाइ माइती नेपालमा राखिएको प्रहरी नायव उपरिक्षक जोशीले जानकारी दिनु भयो । महिलाको स्वास्थ्य परिक्षणको रिपोर्ट भोलि आउने र पक्राउ गरिएका तीनै जना आरोपित युवकलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर जबरजस्ति करणी मुद्धामा कार्वाही प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक जोशीले बताउनु भयो ।

तस्बिर अन्नपुर्णा पोष्ट अनलाईन


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन