एनजिओसीसी पर्साको २२ औं साधारणसभासम्पन्न



सामाजिक संस्था जिल्ला समन्वय समिति एनजिओसीसी पर्साको २२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।वीरगंजको राधेमाई स्थित संस्थाको सभाहलमा महिला बालबालिका कार्यलाय पर्साकी प्रमुख ईन्दिरा श्रेष्ठको प्रमुख आतिथ्यता एंव संस्थाका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका महासचिव रामप्रवेश साह र कोषाध्यक्ष अन्नत श्रेष्ठले आर्थिक बर्ष २०७२÷०७३को आर्थिक तथा कार्य प्रगति प्रतिवेदन पेस गर्नु भएको थियो । साधरणसभामा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बान्जारा, जिल्ला जनस्वास्थ्य पर्साका सत्यनारायण सिंह, सामाजसेवी भरत सहनी, शिक्षक चन्देश चौहान,जिल्ला शिक्षा कार्यलय पर्साका श्रोत व्यक्ति महन्थ यादव,नयाँ नेपाल संस्थाकी अध्यक्ष सुनिता गौतम लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष ईब्राहिम देवानले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड