एमालेका केन्द्रिय सदस्य र पुर्वसभासद फोरम नेपालमा प्रवेश



जेठ ८ नेकपा एमालेका केन्द्रिय सदस्य र पुर्वसभासदले पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । एमालेका केन्द्रिय सदस्य प्रहलाद गिरी र पुर्वसभसद समेत रहेका एमाले पर्साको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति प्रधुमन चौहानले पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेको घोषणा गरेका हुन् । पर्साका एमालेका दुइ चर्चित नेताहरुले वीरगन्जको होटल मकालुमा आज पत्रकार सम्मेलन गरेर फोरम नेपालमा प्रवेश गरेको घोषणा गरेका हुन् । मधेसी दलहरुले उठाएका माग जायज भएपनि त्यसलाइ सम्बोधन गर्नका लागि एमाले नेतृत्व नै मुख्य बाधक बनेको र एमाले शीर्ष नेताहरुलाइ पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरेकाले एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गर्न बाध्य भएको दुवै नेताको भनाइ छ । पत्रकार सम्मेलनमा एमालेका केन्द्रिय सदस्य गिरीले एमालेको खोक्रो राष्ट्रवादले मधेसलाइ मात्र नभइ मुलुकलाइ नै विखण्डनको खाडल तर्फ धकेलिरहेको भन्दै पहाडी दलमा रहेको मधेस प्रतिको विभेदकारी मनोविज्ञान अहिले पनि यथावत रहेको बताउनु भयो । एमालेमा रहेका मधेसी नेताहरुले पार्टी भित्र आफनो विचार र धारणा खुलेर व्यक्त गर्ने अवस्था अहिले पनि नभएको भन्दै उहाले एमालेका शीर्ष नेताहरुले पार्टीमा रहेका मधेसी नेताहरुको विचारलाइ लत्याउदै आएको बताउनु भयो । मधेसका मुद्धा र एजेण्डाका बारेमा एमाले नेतृत्व सुध्रिने सैक.त नदेखेपछि र मधेसका जनताको भावनाको कदर गर्दै आफुले एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गर्ने निर्णय गरेको गिरीले बताउनु भयो । काँग्रेस , एमाले र माओवादी केन्द्रले अहिले पनि मधेसी दल र मधेसी जनतालाइ बिरालोले मुसा खेलाए जस्तै खेलाइरहेको भन्दै नेता गिरीले एमालेको महेन्द्रवादी र राणाकालीन खोक्रो राष्ट्रवाद अब धेरै दिन नटिक्ने ठोकुवा गर्नु भयो । उहाले मधेसको मुक्ति फोरम नेपालबाट मात्रै सम्भव भएको पनि बताउनु भयो । यस्तै एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका पुर्वसभासद एंव एमालेका क्षेत्रीय अध्यक्ष प्रधुमन चौहानले एमालेकै बदमाशीका कारण मधेसका माग सम्बोधन हुन नसकेको बताउनु भयो । मधेसको माग जायज छ र यो माग सम्बोधन गर्नु पर्छ भनेर एमालेले नेतृत्वलाइ पटक पटक भन्दा पनि सुनुवाइ नभएपछि मधेसी जनताको भावनाको कदर गर्दै एमाले परित्याग गरि फोरम नेपाल प्रवेश गर्न बाध्य भएको उहाले बताउनु भयो । पत्रकार सम्मेलनमा फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले एमाले केन्द्रिय सदस्य गिरी र पुर्वसभासद चौहानको फोरम नेपालमा प्रवेशले सिङगो एमाले पार्टीलाइ ठूलो झटका लागेको बताउनु भयो । गिरी र चौहान मधेी जनताको लोकप्रिय नेता भएको भन्दै उहाले दुवै नेतालाइ पार्टी भित्र सम्माजनक स्थान प्रदान गरिने बताउनु भयो । यादवको अध्यक्षतामा भएको कार्यक्रममा फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगी , केन्द्रिय सदस्य मोहनलाल चौधरी , हरिनारायण रौनीयार ,जितेन्द्र यादव लगायतको पनि उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान