एमालेका वडा अध्यक्ष उम्मेदवारले गरे पार्टी परित्याग,फोरममा प्रबेश



असोज २५ बीरगंज
एमाले पार्टी सिद्धान्तभन्दा सत्तालोलुप्तामा लागेको आरोप लगाउँदै एमालेका वडा अध्यक्ष उम्मेदवारले पार्टी परित्याग गरेका छन् । वीरगञ्ज माहानगरपालिका वडा नम्बर १२ बाट एमालेको वडा अध्यक्षका उम्मेदवार बन्नुभएका पीएम सदस्य समेत रहेका सुरेश गुप्ता एमाले पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको हो । स्थानिय चुनावमा एमालेका वडाध्यक्षका उमेदवार सुरेश गुप्ता सहित दर्जनौ युवाहरुं एमालेका पीएम सदस्य सहित परित्यगगरी फोरम नेपालमा प्रबेश गरेका हुन् । नव प्रवेशीहरूलाई पार्टीका मधेस प्रदेशका कोषाध्यक्ष एवम वीरगन्ज महानगपालीकाका मेयर बिजय सरावगी र जिल्ला अध्यक्ष प्रदिप यादवले फुलमाला लगाई पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष यादवले मधेस आन्दोलनमा एमालेका नेताहरुले दिएको अभिव्यक्ति र मधेसीयुवाहरुको छातिमा प्रशासन लगाएर ताकिताकि गरिएको बुलेट प्रहारको जवाफ व्यालेटबाट दिएको बताउनुभयो । आगामि चुनावमा एमालेलाई मधेसबाट झाडु लगाएर बढार्ने चेतावनी उहाँले दिनुभयो । मधेस विरोधी शक्तिहरु जति रगं परिवर्तन गरेर आएपनि जनताले बुलेटको जवाफ व्यालेटबाटै दिने दावी उहाँको छ । कार्यक्रममा वीरगन्ज महानगपालीकाका मेयर विजय सरावगीले मधेसको विकास र हक अधिकारको लडाई दुवैसंगसगै अगाडि बढाउने बताउनुभयो । नगपालिकाको विकासको गतिलाई जनताले छिट्टै महशुस गर्ने दावी गर्दै मेयर सरावगीले विगतका नेताहरुले विरगञ्जमा स्थापित गरेका सबै बेथितिहरुलाई हटाउदै विकासको गतिलाई अगाडी बढाउने काम शुरु भईसकेको बताउनुभयो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड