एमाले जिल्ला सचिवालय कमिटी बाराको बैठक सम्पन्न



नेकपा एमाले जिल्ला सचिवालय कमिटी बाराको बैठक डुमरबानामा सम्पन्न भएको छ । बैठकले बारा जिल्लामा १५ वटा स्थानिय तहको निर्धारण भएपछि पार्टी स्थायी कमिटी द्धारा पारित गरेको कार्यबिधी अनुसार जिल्लाका दुइवटा उपमहानगरपालिका, चार नगरपालिका र नौ वटा गांउपालिकामा संगठन कमिटी गठन गर्ने निर्णय गरेको छ । जसको संयोजक, सह संयोजक र सदस्यहरुसहित कमिटिलाई पुर्णता दिनुका साथै बेशाख ३१ गते हुने स्थानिय निर्वाचनको तयारीमा लाग्न सम्र्पुण पार्टी पंक्तिलाई आहवान गरेको छ । त्यसैगरी बैठकले जिल्ला सल्लाहकार परीषद गठन गर्नुका साथै परिषद्मा निर्वतमान जिल्ला कमिटी सदस्यका साथै पार्टी निर्माणमा योगदान दिएका तर हाल कमिटि बाहिर रहेकाहरुलाई राख्ने निर्णय गरेको नेकपा एमालेले जनाएको छ । जिल्ला कमिटी अध्यक्ष सुन्दर बिकको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रिय सदस्य तथा इन्र्चाज बलबरि चौधरी,सह इन्चार्ज दिनेस राई, केन्द्रिय सल्लाहकार सदस्य अच्युत मैनाली, प्रदेश कमिटी सदस्य भरत खडका, सिता गुरुंग केन्द्रिय कृषी बिभाग सदस्य पलट चौधरी, युवा तथा खेलकुद बिभाग सदस्य किसोर शर्मा, निर्वाचन बिभाग सदस्य रफिक अंसारी लगायतको उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान